coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न

कमलपोखरी स्थित इस्लिङटन कलेजले सन् २०२० र २०२१ मा उत्तीर्ण विद्यार्थीको दिक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत बीएस्सी (अनर्स) कम्प्यूटिङ, बीएस्सी कम्प्यूटर नेठटवर्किङ र आइटी सेक्यूरिटी, बीएस्सी अनर्स मल्टिमिडिया टेक्नोलोजी का ५ सय २ जना विद्यार्थी सहभागी भएका थिए।

दिक्षान्त समारोहमा सन् २०२० मा स्नातकोत्तर तह अन्तर्गत सुचना प्रविधि विषयका  १९ जना विद्यार्थी दिक्षीत भएका छन्। त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (अनर्स) कम्प्यूटिङ, बीएस्सी कम्प्यूटर नेठटवर्किङ र आइटी सेक्यूरिटी, बीएस्सी अनर्स मल्टिमिडिा टेक्नोलोजी विषयमा अध्ययन पुरा गरेका ७ सय ३२ जना विद्यार्थी दिक्षीत भए।

त्यसैगरी सन् २०२१ शैक्षिक सत्रमा स्नातकोत्तर तह अन्तर्गत सुचना प्रविधि तह पूरा  गरेका ४६ जना विद्यार्थी दिक्षान्त समारोहमा सहभागि थिए। कोभिड संक्रमणको कारण विगत दुई वर्ष दिक्षान्त समारोह हुन सकेको थिएन। यो वर्षमा सन् २०२० र २०२१ को दिक्षान्त समारोह एकैसाथ आयोजना गरिएको थियो।

कोभिड संक्रमणको कारण सन् २०२० र २०२१ मा दिक्षान्त समारोह स्थगित भएको थियो। कलेजले अब सबै कार्यक्रमलाई नियमितता दिने जनाउँदछौ छ। समारोहमा सन् २०२० विजनेस डिग्री (अनर्स) विषयमा स्नातक तह गर्ने ७४ र  सन् २०२१ मा विजनेस एडमिनिस्ट्रिशन र एमबीए तह पूरा गर्ने १ सय १९ विद्यार्थी दिक्षित भए।

कलेजले सोमबार र मंगलबार दुई दिनसम्म दिक्षान्त समारोह आयोजना गरेको थियो। समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो। बेलायतको लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्वारा सञ्चालित छ।

दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकाडेमिक पार्टनरसीप डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए। उक्त अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्यृ इस्लिङटन कलेज उत्कृष्ट भएको बताए।

ब्लोइसीले भने, ‘यो महत्वपुर्ण अवसरमा सबै विद्यार्थीको सुखद भविष्यको शुभकामना दिन चाहन्छु।’ दिक्षान्त समारोहमा बोल्दै कलेजका आइएनजी ग्रुपका अध्यक्ष एवं कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लण्डन विश्वविद्यालयको हाई र्‍याङकिङमा परेको यस कलेजमा उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए।

उनले दिक्षीत विद्यार्थीहरुको उज्वल भविश्यको शुभकामना दिएका थिए। लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयले सम्बन्धन दिएका कलेज मध्यले नेपालको पहिलो यस कलेजले बिआइटी, बिबिए, कार्यक्रम अन्तर्गत आइटी कम्प्युटिङ, नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउँदै आएको छ। त्यस्तै विजनेस अन्तर्गत इन्टरनेशल विजनेश, मार्केटिङ एण्ड फाइनान्स विषय सञ्चालन गरिरहेको छ।

प्रकाशित: २९ असार २०७९ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App