१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना

प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष गोपाल पराजुलीको राजीनामा माग्दै कानुन विद्यार्थीको राष्ट्रिय सञ्जालले बुधबार धर्ना दिएको छ।

राजधानी माग्दै प्रधानमन्त्रीलाई हस्ताक्षर

सरकारले प्रदेशको अस्थायी राजधानी तोकेर आवश्यक पूर्वाधारको जोहो गरिरहेका बेला बाँकेमा भने राजधानी तोक्नुपर्ने माग यथावत रहेको छ। बन्द, हड्तालभन्दा शान्तिपूर्ण आन्दोलनको बाटो रोजेका बाँकेबासीले दवाव स्वरूप चरणवद्ध रूपमा कार्यक्रम गर्दै आएका छन्।

भारतीय अटोरिक्सा चलाउन दिन माग

जिल्ला प्रशासन कार्यालयले भारतीय नम्बरका अटोरिक्सा चलाउन रोक लगाएको भन्दै व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले बिनासूचना गत शुक्रबारदेखि डिजेलबाट चल्ने अटोरिक्सा सञ्चालनमा रोक लगाएको आरोप लगाएका छन्।

उपत्यकामा खानेपानीको माग साढे ४१ करोड लिटर, आपूर्ति १० करोड लिटर

काठमाडौं उपत्यकामा हिउँदेयाम सुरुवात भएसँगै खानेपानीको चरम अभाव देखिएको छ। काठमाडौँ उपत्यकामा खानेपानीको माग र आपूर्तिबीच ठूलो खाडल भएकाले नै खानेपानीको अभाव देखिएको हो। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्तिको जिम्मेवारी पाएको निकाय काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले माग अनुसार खानेपानीको आपूर्ति गर्न नसक्दा उपत्यकामा वर्षौंदेखि उपत्यकामा खानेपानीको अभाव सिर्जना हुदैँ आइराखेको छ।

अख्तियारले माग्यो ‘अनुचित कार्य’मा छानबिन अधिकार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ संविधानमा ‘अनुचित’ कार्यलाई अख्तियारको क्षेत्राधिकारबाट हटाइएका कारण छानबिन असहज भएको जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ को २७औं वार्षिक प्रतिवेदनमा अख्तियारले यो विषय उठान गरेको छ।

जियालाई रिहा गर्न माग गर्दै हजारौंको प्रदर्शन

भ्रष्टाचारको अभियोगमा थुनामा रहेकी प्रतिपक्षी दलकी नेत्री तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइको माग गर्दै बंगलादेशका विभिन्न सहरमा सोमबार प्रदर्शन भएका छन् ।

सीमा क्षेत्रमा भारतीय अटोरिक्सा चलाउन दिन माग

जिल्ला प्रशासन कार्यालयले विना सूचना एक्कासी चलाउन रोकेको भन्दै सदरमुकाम मलंगवास्थित डिजेलबाट चल्ने भारतीय नम्बरका अटोरिक्सा ब्यवसायीहरूले गुनासो गरेका छन्।

‘सन्तान माग्न पशुपतिमा नागाबाबाको शरण ’

चितवनकी रोजिना आचार्य नागाबाबाको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास राख्छिन् । उनी महाशिवरात्रिका दिन नागाबाबाको दर्शन गर्न तीन दिनदेखि काठमाडौंमा एक लजमा बसिरहेकी छन् । उनी आफ्ना पतिका साथ पशुपति क्षेत्रमा शिवरात्रिका दिन नागाबाबाको दर्शन गर्ने योजनामा छन् ।

गुलरिया–मुर्तिहा नाका खोल्न माग

चुनावमा दलको एजेन्डामा गुलरिया–मुर्तिहा नाका पहिलो प्राथिमिकतामा पर्छ । दलका नेताले यो नाका सञ्चालनमा ल्याउने आश्वासन दिन्छन् । चुनावी एजेन्डा नाका बनाएको भरमा चुनाव जित्छन् । जितेपछि वास्ता गर्दैनन् ।

नागा बाबाको ‘चर्तिकला’ रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट

शिवरात्रीको अवसरमा पशुपतिक्षेत्रमा नागा बाबाको चर्तिकला प्रदर्शन रोक लगाउन माग गर्दै रिट परेको छ।

श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग

श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग गरेको छ।

मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालनको माग

५ वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीय आक्रोशित भएका छन्।

लोकमार्गमा गाडी गुडाउन माग

पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा तत्काल गाडी गुडाउन माग गर्दै यहाँका स्थानीयले सरोकारवाला निकायसंग माग गरेका छन्।

प्रादेशिक राजधानी माग्दै वीरगन्ज बन्द

प्रदेश २ को राजधानी यहाँ बनाउनु पर्ने माग राख्दै आइतबार वीरगन्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । एक महिना अगाडी देखी प्रादेशीक राजधानी माग्दै सुरु भएको चरणबद्ध आन्दोलन अन्तर्गत घोषणा गरिए अनुसार आइतवार वीरगन्ज बन्द गरिएको हो।

प्रदुषण बढेको भन्दै सिमेन्ट उद्योग बन्द गर्न माग

धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा सञ्चालित निगाले सिमेन्ट उद्योग बन्द गर्न माग गर्दै आन्दोलन सुरु भएको छ। स्थानीयबासीले निगाले सिमेन्ट उद्योगको गेटमा तालाबन्दी समेत गरेका छन्। आन्दोलनको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्योगको सुरक्षा दिइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्