१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

माग पूरा नभए सरकारी अस्पताल बन्द

चिकित्सा शिक्षा सुधारको माग राख्दै १० दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागबारे छलफल गर्न र अनशन अन्त्य गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्ने भएको छ।

‘मधेशबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग मोर्चाको होइनः कर्ण

मधेशी मोर्चाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले ‘मधेसबाट पहाड छुट्याउनै पर्छ’ भन्ने माग आफूहरुको नभएको बताएका छन्।

द्वन्द्वपीडित हितमा ऐन संशोधन गर्न माग

शान्ति प्रक्रियाको एक दशक बितिसक्दा पनि द्वन्द्वपीडितले न्याय पाउन नसकेको बताएका छन्। द्वन्द्वपीडित साझा चौतारी र जवाफदेहिता निगरानी समितिले शान्ति प्रक्रिया एक दशक पुगेको अवसरमा आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारले द्वन्द्वपीडितलाई न्याय दिन नसकेको गुनासो गरे।

केसीका माग तत्काल सम्बोधन हुनुपर्छ : स्वास्थ्यमन्त्री

स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीको दसौंपटकको अनशनबाट सरकारसहित दलका नेताहरूको क्षमता, इमानदारी र दूरदर्शितामा समेत प्रश्न उठेको बताएका छन्। प्राज्ञिक संस्थाको डिन नियुक्तिलाई लिएर डा. केसीले अनशन बस्नुपर्ने अवस्था आउनु लज्जास्पद भन्दै मन्त्री थापाले तत्कालै माग पूरा गरी अनशन टुंग्याउन लगाउनुपर्ने बताए।

महाभियोग प्रस्ताव तत्काल सिफारिस समितिमा पठाउन माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव तत्काल सिफारिस समितिमा पठाउन सांसदले माग गरेका छन्।

शुक्लाफाँटा पीडितको मागः खान पुग्ने जमीन देऊ

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित परिवारले सरकारबाट खोसिएको जग्गा फिर्ता गराईदिन माग गरेका छन् ।

अंगीकृत नागिरकलाई उच्च पद दिने माग माेर्चाकाे हाेइन : यादव

मधेसी मोर्चाका नेता एवम् तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाको नभएको प्रष्ट पारेका छन् ।

मोर्चाका सबै माग पूरा हुँदैनन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन हुने तर मधेसी मोर्चाले अघि सारेका सबै माग पूरा गर्न नसकिने बताएका छन्। राजधानीमा बुधबार सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको संसद्को बनोटको कारण मोर्चाका सबै माग पूरा गर्न सम्भव नभएको प्रस्ट पारेका हुन्।

अवहेलना मुद्दा खारेज गर्न कार्कीको माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफैं सर्वोच्च अदालत उपस्थित भएर जवाफ दिएका छन्।

सुविधा बढाउन सांसदको माग

सांसदहरूले आफ्नो सेवासुविधा बढाउनुपर्ने माग गरेका छन् । संसद्मा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरूले आफ्नो सुविधा समयअनुकूल बनाउन माग गरेका हुन् ।

कार्कीलाई उन्मुक्ति नदिन सांसदको माग

सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई उन्मुक्ति दिन नहुने बताएका छन् । संसद्मा कार्कीविरुद्धको महाभियोग प्रस्तावमा जारी छलफलको तेस्रो दिन सोमबार एमाले सांसद युवराज ज्ञवालीले नेपालको संविधान र व्यवस्थापिका संसद् कार्यसञ्चालन नियमावलीअनुसार नै सदनमा महाभियोग प्रस्ताव दर्ता गरिएकाले डराउन र आशंका गर्न आवश्यक नभएको बताए ।

माग पुरा नभए डा. केसीले आइतबारदेखि दशौं अनशन थाल्ने

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले आइतबार देखि दशौं अनसन थाल्ने चेतावनी दिएका छन्।

मोर्चाले समयसीमा माग्ने

मधेसी मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दै छ । सो बैठकमा संविधान संशोधनका लागि सरकारलाई समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री समक्ष मागै माग

राष्ट्रिय महत्वका बिकास योजनाको निर्माणका काममा भइरहेको ढिलासुस्ती र गुणस्तरहिनताका बिषयमा खोटाङबासीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

‘विदेशीलाई प्रमुख पद दिने अंगीकृत नागरिकता हाम्रो माग होइन’

संघीय समाजवादी फोरम नेपालका युवा नेता दुर्गामणि सुवेदीले विदेशी नागरिकलाई मुलुकको संवैधानिक पदमा पुर्याउने अंगीकृत नागरिकता आफूहरुको माग नरहेको स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्