१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मधेशी दलका माग सम्बोधन गरिनुपर्छः शशांक

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मधेशीदलहरुसँग संवाद गरेर संविधान शंसोधनमार्फत समस्याको समाधान खोज्नु पर्ने बताएका छन्।

मानसरोवर पुग्नका लागि उराई भञ्ज्याङ नाका खोल्न माग

बझाङग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय नाका बनाउन माग गर्दै हस्ताक्षर अभियान थालिएको छ । नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र नाटटा सुदूरपश्चिम संघ लगायतका सङघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रवार धनगढीमा पनि गरियो ।

गाेर्खा सैनिक फिर्ताकाे मागसहित प्रर्दशन थालेका विप्लवका कार्यकर्ता नियन्त्रणमा

नेपालमाथि भारतीय हस्तक्षेप र भारतबाट गोर्खा सैनिक फिर्ता गर्न मागसहित विराेध प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपा माअाेवादीका करिब १५ जना कार्यकर्तालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे उक्त पार्टीले जनाएकाे छ।

नेतामाथि पनि छानबिन गर्न माग

सत्तारूढ दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त गर्नुपर्नाका कारण शीर्ष नेताहरूले सार्वजनिक गर्नुपर्ने बताएका छन्।

रुकुमबाट 'गाउँ' माग्न राजधानी

तिहारको छेको उनीहरु हुल बाँधेर राजधानी आएका छन्। मिठाई, फूलमाला, भाइमसला किन्न या जाडोको सपिङ गर्न देशको दूरदराजबाट राजधानी आएका भने होइनन् उनीहरू। रुकुमबाट सिधै सिंहदरबारसम्मको उनीहरुको यात्रा 'गाउँ' माग्न हो।

उखुको मूल्य प्रतिक्विन्टल ५६१ निर्धारण गर्न माग

जिल्लाका उखु किसानले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ५६१ निर्धारण हुनुपर्ने माग गरेका छन्। चिनी मिल सञ्चालन हुनु अगावै सरकारले मूल्य निर्धारण गरिदिनुपर्ने किसानको भनाइ छ ।

चक्कु देखाई प्रत्येक गाडीसँग पैसा माग्ने पक्राउ

बिदुर नगरपालिका–२ पाटीपानीस्थित सडकमा चक्कु देखाई प्रत्येक गाडीबाट ५ सय रुपैयाँका दरले पैसा मागिरहेका सोही ठाउँ बस्ने २२ वर्षीया राजेश कामी र २८ वर्षीय सम्राट कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

लोक सेवा आयोगद्वारा नयाँ कानुन माग

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली नेतृत्वको टोलीले भेट गरी नयाँ संविधानबमोजिम आयोगका काम अघि बढाउन नयाँ कानुनको आवश्यकता भएको अवगत गराएको छ।

दिल्लीस्थित नेपाली दूतावास भवनमुनि रेल सञ्चालन अनुमतिकाे कागजात माग

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

गुगलले आपत्तिजनक सामाग्री हटाउने

गुगलले थाई राजदरबारको मानहानी गर्ने सामाग्री गुगल खोजीबाट हटाउने प्रस्तावमा सहमति जनाएको छ । थाइल्याण्डका उपप्रधानमन्त्री प्राजिन जुन्तोङले इन्टरनेट कम्पनी गुगल र गुगलको सहायक संस्था युट्युबमा खोजी गर्दा भेटिने ‘आपत्तिजनक’ सामाग्री हटाउने बारेमा शुक्रबार भएको वार्तामा गुगलका प्रतिनिधि त्यस्ता समाग्री हटाउन तयार भएको बताएका छन् ।

लघुवित्तले मागे निक्षेप लिने अधिकार

लघुवित्त विकास बैंकहरुले वणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले जस्तै सर्वसाधारणबाट निक्षेप लिन पाउनुपर्ने माग नेपाल राष्ट्र बैंकसँग राखेका छन्। राष्ट्र बैंकले लघुवित्त विकास बैंकमार्फत विपन्न वर्गमा पाँच प्रतिशत लगानी गर्नुपर्ने व्यवस्थामा कटौती गदै दुई प्रतिशत वाणिज्य बैंक आफैंले प्रत्यक्ष रुपमा लगानी गर्नुपर्ने प्रवधान ल्याएपछि उनीहरुले यस्तो माग अघि सारेका हुन्।

कार्कीको सम्पत्ति सार्वजनिक गर्न माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव पास गर्न माग राख्दै विद्यार्थीले आइतबार राजधानीमा प्रदर्शन गरेका छन्। उनीहरूले कार्कीको  सम्पत्ति सार्वजनिक गर्न समेत माग गरेका छन्।

टीकापुर घटनाका अभियुक्तको मुद्धा फिर्ता लिन माग

कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको हिंसात्मक घटनाका अभियुक्तका आफन्तले कतिपय निर्दोषलाई झुठा मुद्धा लगाइएको भन्दै मुद्धा फिर्ता लिन माग गरेका छन् । उनीहरुले मुद्धा फिर्ता दिन दवाव दिन संघर्ष गर्नेसमेत बताएका छन्।

भूपू गोर्खा सैनिकका माग बारे नेपाल सरकारको चासो, बेलायतसँग वार्ता गर्ने

बेलायती सेनाबाट निवृत्ति भएका भूतपूर्व गोर्खाको मागबारे बेलायत सरकारसँग नेपाल सरकारले औपाचारिक वार्ता गर्ने भएको छ। समान पेन्सन र अधिकारकालागि तीन दशकदेखि संर्घषरत भूपू गोर्खाको मागबारे बेलायत सरकारसँग औपाचारिक वार्ताको प्रस्ताव गर्दै बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदीको संयोजकत्वमा वार्ता समिति गठन भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ।

कार्कीलाई कारबाही माग

विभिन्न राजनीतिक दल, नागरिक समाज, विद्यार्थी संगठन तथा पेशागत संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कारबाही र उनीविरुद्ध संसद्मा दर्ता महाअभियोग प्रस्ताव पास गर्न माग गरेका छन्। महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्