१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कक्षा एकदेखि १२ सम्म संस्कृत भाषा अनिवार्य माग

आधुनिक युगमा संस्कृत भाषाको आवश्यकता बढ्दै गएकाले कक्षा १ देखि १२ सम्म अनिवार्य अध्यापन गराइनुपर्ने माग गरिएको छ । नेपाल आर्य समाजले बिहीबारदेखि यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय वैदिक आर्य महासम्मेलनमा आज विश्व संस्कृत सम्मेलनका सहभागी वक्ताले संस्कृत भाषामा भएका वैज्ञानिकतालाई जनसमक्ष पुर्याइनु पर्नेमा जोड दिए ।

लोकमानलाई दिइएको सरकारी सुविधा रोक्न माग गर्दै सर्वोच्चमा निवेदन

काठमाडौं- निलम्वित अख्तियार प्रमुख लोकमानसिंह कार्कीको सेवा सुविधा रोक्न माग गर्दै सर्चोच्च अदालतमा निवेदन परेको छ। अधिवक्ता ओमप्रकास अर्यालले सिंहको सेवा सुविधा रोक्न अन्तरिम आदेशको माग गर्दै निवेदन दर्ता गराएका हुन्।

स्तन क्यान्सरसम्बन्धी भिडियो हटाएकोप्रति फेसबुकले माफी माग्यो

विश्व चर्चित सामाजिक सञ्जाल फेसबुकले क्यान्सरसम्बन्धी एउटा जनचेतनामुलक भिडियो हटाएकोप्रति माफी मागेको छ।

लोकमानको घरमा म्याद तामेली रोक्नेलाई कारबाही गर्न सांसदको माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न गएका सर्वोच्च अदालतका कर्मचारीलाई अवरोध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन सांसद्हरुले माग गरेका छन् ।

संविधान संशोधनबारे मोर्चाले माग्यो सरकारको धारणा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको महत्वपूर्ण घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संविधान संशोधनबारे सरकारको आधिकारिक धारणा माग गरेको छ । तीन बुँदे सहमतिको मुख्य बुँदा संविधान संशोधनप्रति सरकारले देखाएको उदासिनताप्रति ध्यानाकर्षण भएको जनाउँदै तमलोपाले अहिलेसम्म सरकारमा सामेल प्रमुख दलद्वारा कुनै औपचारिक निर्णय नहुनुले सरकारको नियतमाथि नै शङ्का उत्पन्न भएको जनाएको छ ।

संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन सांसदहरुको माग

व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा सांसदहरूले संविधान संशोधन गरी खासगरी तराई-मधेस, थारु समुदायका माग सम्बोधन गर्नसरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले संविधान संशोधनका विषय प्रतिपक्षी दल लगायत सबै जनताले जानकारी पाउनुपर्छ भन्दै सरकारलाई सबै दलको सहमतिमा मात्र संविधान संशोधनको प्रस्ताव ल्याउन सुझाव दिए।

तिहार अगाडि नै संशोधन प्रस्ताव दर्ता गराउन माग

संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनुपर्ने बताएका छन्। वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउन ढिला गरेको भन्दै महतोले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउनु पर्ने बताएका हुन्।

अनशन आठ दिन स्थगित : उपकूलपति बर्खास्त गर्नुपर्ने माग

मेडिकल शिक्षा सुधार रसुशासनसम्बन्धी चार सूत्रीय माग राखेर १२ दिनदेखि आमरण अशनरत डा.गोविन्द केसीले दसैंभरका लागि अनशन स्थगित गरेका छन्। डा.केसीले पछिल्लोपटक सुधारमा बाधक देखिएका त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने माग थपेर पूर्णिमालगत्तै अनशन पुनः सुरु गर्ने घोषणा गरेका छन्।

धान नफलेपछि क्षतिपूर्ति माग

जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन्।

डा. केसीलाई स्वास्थ्यमन्त्री थापाको आग्रहः माग पूरा गर्छु अनसन तोड्नुस्

‘म डा केसीले उठान गर्नुभएका माग सरकारले पूरा गर्नुपर्छ भन्ने व्यक्ति हुँ, यसअघिका अनशनमा मैले उहाँलाई साथ र सहयोग दिएको हुँ, अहिले त्यही माग पूरा गर्नेमध्ये एक जिम्मेवारीमा छु, सबै माग सम्बोधनका क्रमा छन्’ – स्वास्थ्यमन्त्री गगन थापाले भनेका छन्।

माग पूरा नभई छाड्दिनँ : डा. केसी

दस दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले महाभियोग प्रस्ताव दर्ता, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिन नियुक्तिलगायत प्रमुख माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् ।

मालामाल नभएको दाबी गर्दै सांसदद्वारा भत्ता सुविधा बढाउन माग

नेपाली कांग्रेसका सांसद राम अयोध्याप्रसाद यादबले सांसदहरुको भत्ता सुविधा बढाउन माग गरेका छन्। मंगलबारको संसद बैठकमा बोल्दै उनले घरधनीले पत्रपत्रिकामा सांसदको तलब बढेको समाचार पढेर भाडा बढाएको भन्दै सांसदको तलब भत्ता बढाउन माग गरे।

मगर खाम विशेष स्वायत्त क्षेत्र घोषणा गर्न माग

मगर खाम विशेष स्वायत्त क्षेत्र सरोकार समिति थबाङले एउटै संरचनामा राखी राजनैतिक अधिकारसहितको मगर खाम विशेष स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले यहुदीसँग माफी मागे

मनिला- हिटलरले यहुदीहरुलाई मूला काटेझैँ आफ्ना मुलुकका लागु पदार्थका दुव्र्यसनी र कारोबारीहरुलाई काटिदिने भनी केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिएको अभिव्यक्ति उपर आइतबार यहुदी समूदायसँग क्षमा याचना गरेका छन्।

मधेस केन्द्रित दलका नाजायज माग पूरा हुँदैनन्ः मन्त्री केसी

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि प्रतिपक्ष र सत्ता पक्ष एक जुट हुनाको विकल्प नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्