१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

छुवाछूतसम्बन्धी बझाङ घटनाबारे मुद्दा चलाउन माग

काठमाडौँ- बझाङ जिल्ला रिलु गाविस–८, रिसिन्डी गाउँमा अवस्थित कालिका मन्दिरमा भदौ २० गते भएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटनाको ऐनअनुसार मुद्दा चलाउन दलित समुदायले माग गरेका छन्।

सलमानलाई घरमै नजरबन्दमा राख्न शिव सेनको माग

शिव सेनाका सांसदले बलिउड अभिनेता सलमान खानलाई उनको घरमा नजरबन्दमा राख्न उनका पिता सलिम खानलाई आग्रह गरेको छन्।

हिन्दीलाई राष्ट्रभाषा बनाउन कांग्रेस सांसदको माग (भिडियो)

नेपालको हिमाल, पहाड, तराइ र मेचीदेखि महाकालीसम्म ५० प्रतिशत नेपाली जनताले हिन्दी भाषा बोल्ने बताउँदै सत्तारुढ नेपाली कांग्रेसका एक सांसदले हिन्दी भाषालाई राष्ट्रभाषा बनाउन माग गरेका छन्।

निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग

संविधान कार्यान्वयनका लागि तीनै तहको चुनाव कार्यतालिका सार्वजनिक गर्न सांसदले माग गरेका छन् । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिमा बुधबार सांसदहरुले गृहमन्त्री बिमलेन्द्र निधिसँग चुनावको मिति तोक्न माग गरेका हुन् ।

चिकित्सकले माफी मागेको भिडियो भाइरल भएपछि अस्पताल बन्द

स्वास्थ्यकर्मीको लापरवाहीका कारण नाबालकको मृत्यु भएको आरोप लागेपछि विवाद बढेको सदरमुकामस्थित जिल्लाकै ठूलो अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ।

बिरामीबाट तङ्ग्रिएपछि माग्नेले गरे मन्त्रीलाई घोचपेच (व्यंग्य भिडियो)

हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन्। पेटको समस्याका कारण थला परेका उनी आफैँले गाएको गीतको म्युजिक भिडियोमार्फत फेरी अभिनय कर्ममा देखा परेका छन्।

स्थानीय विकास अधिकारीलाई कारवाहीको माग गर्दै कलैयामा प्रदर्शन

बाराका स्थानीय विकास अधिकारी नारायणप्रसाद पाण्डेलाई कारवाहीको माग गर्दै कलैयाका स्थानीयवासीले जिल्ला विकास अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

चार सुत्रीय माग राख्दै डा.गोविन्द केसी नवौं अनशनमा

अख्तिया प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोग प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै शिक्षण अस्पताल महाराजगंजका वरिष्ठ डा. गोविन्द केसीले नवौं अनशन बस्ने घोषणा गरेका छन्।

दाहालकाे अभिव्यक्तिबारे सांसदद्वारा जानकारी माग

माओवादी लडाकु शिविरको भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको सांसदहरूले आलोचना गरेका छन् । व्यवस्थापिका संसद्को शून्य र विशेष समयमा आइतबार बोल्दै सांसदहरूले दाहालको अभियव्यक्तिका विषयमा सदनलाई जानकारी गराउनसमेत माग गरे ।

पाैडेल पक्षद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको सम्पर्क कार्यालय अनामनगरमा आज बसेको केही पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले यथाशीघ्र पार्टी केन्द्र्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग गरिएको नेता जीवन परियारले जानकारी गराए।

नेताको नामका प्रतिष्ठान नियन्त्रण गर्न माग

नेकपा एमालेका नेताहरूले दिवंगत नेताको नाममा सञ्चालित प्रतिष्ठानमार्फत पार्टीभित्र गुटबन्दी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन्। पार्टीको बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले गुटबन्दी अन्त्य गर्न प्रतिष्ठानमाथि नियन्त्रण गर्नुपर्ने बताएका हुन्।

एन्जिलाको हत्यारालाई कडा कारवाहीको माग

गोरखाकी छात्रा एन्जिला गिरीको बलात्कारपछि हत्या भएको विरोधमा छात्रा आन्दोलित भएका छन्। बिहीबार पद्यकन्या क्याम्पसका छात्राले हत्यामा संलग्न व्यक्तिलाई हदैसम्मको कारवाही गर्न माग गर्दैै विरोध प्रर्दशन गरेका छन्।

प्रेमीको ऋण चुक्ता गर्न अपहरणमा परेको नाटक गर्दै परिवारसँग फिरौती माग्ने सावित्री पक्राउ

ऋण तिर्न अपरहणको नाटक गरी फिरौती माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य व्यक्तिबाट लिएको ऋण तिर्न नसकेपछि सिन्धुपाल्चोक घर भई पाटनढोका बस्दै आएकी २० वर्षीया सावित्री खड्का र उनका प्रेमी सिन्धुपाल्चोक कर्थली घर भएका हाल चप्पल कारखाना बस्दै आएका रामचन्द्र खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

पुनर्निर्माण प्राविधिकहरु आन्दोलित, तलब र सेवासुविधा थप्नु पर्ने माग

भूकम्पपछिको पुनर्निमाणका लागि गठित पुनर्निर्माण प्राधिकरणको सिफारिसमा सहरी विकास मन्त्रालयअन्तर्गत करार सेवामा कार्यरत प्राविधिक इन्जिनियरहरुले चरणबद्ध आन्दोलनअन्तर्गत बिहीबार हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने भएका छन्।

चन्दा माग्ने पूर्व सभासद पक्राउ

काठमाडौं- प्रहरीले बागबजार क्षेत्रमा चन्दा उठाउँदै गरेको अवस्थामा नेकपा क्रान्तीकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभाषद शिवराम यादव सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्