५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

उखुको मूल्य प्रतिक्विन्टल ५६१ निर्धारण गर्न माग

नवलपरासी– जिल्लाका उखु किसानले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ५६१ निर्धारण हुनुपर्ने माग गरेका छन्।

चिनी मिल सञ्चालन हुनु अगावै सरकारले मूल्य निर्धारण गरिदिनुपर्ने किसानको भनाइ छ । गत वर्ष चिनीको मूल्य प्रतिकिलो रु ४८ हुँदा उखुको मूल्य प्रतिक्विन्टल रु ४४८ कायम गरिएको थियो । यस वर्ष चिनीको मूल्य प्रतिकिलो रु ७२ रहेको छ ।

उखु क्रसि सुरु हुन अगावै मूल्य निर्धारण हुनुपर्ने उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए।  नवलपरासीमा लुम्बिनी चिनी उद्योग, इन्दिरा सुगर मिल, मोहिनी सुगर मिल्स र बागमती खाडसारी चिनी उद्योग रहेका छन् । ती उद्योगले गत वर्ष किसानलाई करिब रु तीन करोड भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएका छ ।

उचित मूल्य र समयमा चिनी उद्योगबाट भुक्तानी रकम नपाउँदा किसान मारमा परेका छन् । जिल्लामा करिब १४ हजार घरपरिवार उखुखेतीमा संलग्न छन् भने साढे सात हजार हेक्टर क्षेत्रफलमा उखुखेती गरिँदै आएको छ । जिल्लामा वार्षिक २० लाखदेखि २५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको छ। रासस

प्रकाशित: १० कार्तिक २०७३ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App