१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइः बृहत् पूर्ण इजलासको माग

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ सुरु भएको छ। सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज बिहान बहस सुरु गरेका छन्।

कोरोना नियन्त्रणका लागि नेपाललाई कम्बोडियाले गर्‍याे स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि कम्बोडिया सरकारले नेपाल सरकारलाई स्वास्थ्य उपकरण तथा सामाग्रीहरु सहयोग स्परूप उपलब्ध गराएको छ।

पत्रकारलाई स्पष्टिकरण माग्न सिडिओको छानबिन समिति

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बद्रीनाथ गैह्रैले जिल्ला प्रशासन कार्यालयको सेवा ढिला सुस्ती भएको विषयमा प्रकाशित समाचारप्रति पत्रकारसँग स्पष्टिकरण माग्ने किसिमले अधिकृतस्तरीय चार सदस्यीय छानबिन समिति बनाएका छन् । जिल्ला समन्वय समितिका अधिकृत कमल दाहालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

स्वास्थ्य सामग्री खरिद प्रकरण : स्वास्थ्यमन्त्रीलाई लेखा समितिले बोलायो

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई छलफलका लागि बोलाएको छ। स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा समितिले छानबिन गरिरहेको छ।

उखुको मूल्य बढाउन किसानको माग

जिल्लाका किसानले अघिल्ला वर्षभन्दा बढाएर उखुको मूल्य कायम गर्न माग गरेका छन्। जिल्लाका उखु किसानका चार सङ्गठनले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय १७ रुपैयाँ कायम गर्न माग गरेका हुन्।

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार

केहीदिन यता देशभर राजाको पक्षमा प्रदर्शन भइरहेको छ । ती गतिविधिले काठमाडौं उपत्यकाभित्र पनि व्यापकता पाइरहेको छ । सरकारको विपक्षमा प्रदर्शन गर्दा प्रशासनले रोक्ने प्रयास गरेपछि त्यो लोकतन्त्रविपरीत मानिएको छ ।

ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणको माग

भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र अवस्थित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योगहरू स्थानान्तरण गर्न माग गरिएको छ।

विवाद नमिल्दा कांग्रेस केन्द्रीय समिति २४ गतेलाई सर्‍यो

नेपाली कांग्रेसका असन्तुष्ट पक्षले उठाएका १६ बुँदे मागमा सहमति जुट्न नसक्दा शुक्रबारका लागि तय गरिएको केन्द्रीय समिति बैठक कार्तिक २४ गतेका लागि सारिएको छ ।

वीपी प्रतिष्ठानका रेडियोग्राफरको कोरोनाबाट मृत्यु भएपछि सुरक्षाको माग गर्दै कर्मचारीद्वारा काम ठप्प

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफरको कोरोना संक्रमणबाट मृत्यु भएपछि आज(मंगलबार) रेडियोलोजी विभाग र सेन्ट्रल ल्याबमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन्।

बाँकेमा उत्पादित खसीको माग उच्च

दसैका लागि बाँकेमा उत्पादित खसीको माग उच्च रुपले बढेको छ। सामाजिक उद्यमी जिल्ला सहकारी संघले सञ्चालन गरेको बाँके बाख्रा ब्यवसायिक केन्द्रमा खसीको माग बढेको हो।

डा. केसीका माग पुरा गर्न नेपालगन्जका नागरिक अगुवाको दवाव

अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न नेपालगन्जस्थित नागरिक समाजका अगुवाले सरकारलाई दवाव दिएका छन्।

बिजुलीकाे माग गर्दै सडकमा

राप्तीपारी अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काम तत्काल अगाडी बढाउन दवाव दिँदै जिल्लाको राप्तीपारीका स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

प्राध्यापक कुट्नेलाई कारबाही माग

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक डा. प्रेम चलाउनेलाई निर्मम कुटपिट गरी घाइते बनाउने दोषीलाई तत्काल कारबाही गर्नुपर्ने र डा. चलाउनेको सम्पूर्ण उपचार खर्च विश्वविद्यालयले बेहोर्नुपर्ने माग राख्दै प्राध्यापकहरूले उपकुलपति कार्यालय घेराउ गरेका छन्।

सम्झना विकको हत्यामा संलग्न दोषीलाई कारवाही माग

नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ।

गाउँपालिका भवनमा गुणस्तहीन निर्माण सामाग्री प्रयोग गरिएको आशंका

देवताल गाउँपालिका ४ मा निर्माण भैरहेको गाउँपालिका कार्यालयको भवन निर्माण गर्दागर्दै ठाउँठाउँबाट भत्किएको छ। दुई महिना अघि मात्रै ढलान गरिएको छत निर्माणमा कमसल सामग्री प्रयोग भएकोले ठाउँठाउँबाट भत्किएको स्थानीयले आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्