१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

केन्द्रीय कमिटी बैठकको माग गर्दै अध्यक्षद्धयलाई १५२ जनाको हस्ताक्षर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

सैलुन खोल्न माग गर्दै इटहरीमा प्रदर्शन

कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन खुला गरिसक्दा समेत सैलुन खोल्न नदिएको भन्दैै इटहरीमा प्रदर्शन भएको छ । नेपाल नाइ संघ प्रदेश नं. १ को अगुवाईमा प्रदर्शन भएको हो ।

भौतिक दूरी कायम गरेर पठनपाठन र शुल्क संकलन गर्न पाउनुपर्ने प्याब्सन ताप्लेजुङको माग

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) ताप्लेजुङले शिक्षा ऐन तथा नियमावलीले निर्दिष्ट गरेका शुल्कहरु संकलन गर्न पाउने व्यवस्थाका लागि स्थानीय सरकारको ध्यानाकृष्ट गरेको छ ।

नगरसभा खारेजीको माग गर्दै जनकपुर उपमहानगरका वडाध्यक्षहरुले दिए सर्वोच्चमा मुद्दा

जनकपुरधाम उपमहानगरपालिकाका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । नगरसभा खारेजीको माग गर्दै वडाध्यक्ष र सदस्यहरुले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

भाडा छुटको माग गर्दै सिभिल मलका व्यापारीको प्रदर्शन

सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालकविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

प्राध्यापक संघ‌‌द्वारा महँगी भत्ता माग

नेपाल प्राध्यापक संघ‌‌ले मूल्य वृद्धिको अनुपातमा प्राध्यापक तथा कर्मचारीलाई तत्काल महँगी भत्ताको व्यवस्था गर्न माग गरेको छ । संघ‌‌ले आज त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पठाइएको २० बुँदे ज्ञापनपत्रमा प्राध्यापकहरुको नयाँ मर्यादाक्रम कार्यान्वयनमा आउनुपर्ने, अवकाशको उमेर हद ६५ बनाइनुपर्ने, प्राध्यापकहरुको सेवा सुविधा सार्कस्तरीय हुनुपर्ने, स्वास्थ्योपचार सुविधालाई सेवानिवृत्त भएपछि पनि यथावत् कायम राखिनुपर्नेलगायत छन् ।

लकडाउन अवधिभरको मासिक २५ हजार रकम उपलब्ध गराउन नाईंहरुको माग

प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् ।

कास्केली खेल व्यवसायी भन्छन् : ‘खेल व्यवसाय सञ्चालन गर्न देऊ सरकार’

कास्केली खेल व्यवसायीहरुले खेलकुद ब्यवसाय खुल्ला गर्न माग गरेका छन् । व्यायाम व्यवसायी संघ कास्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले सामाजिक दुरी कायम गर्दै खेल व्यवसाय गर्न दिन माग गरेका हुन् ।

जग्गाको कित्ताकाट खुलाउन र लोनको किस्ता 'रिईन्स्टलमेन्ट' गर्दै ब्याज मिनाहा गर्न माग

गण्डकी प्रदेशका रियलस्टेट व्यवसायीहरुले कित्ताकाट खुलाउन माग गरेका छन् । गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार भेटघाट गरि कित्ताकाट रोकिदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले ४ वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन् ।

प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग

प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले यस्तो माग गरेका हुन् ।

मुगुमा स्वास्थ्य सामाग्री पठाइयो

कार्यक्रममा समाजसेवी राजिव विक्रम शाहलाई सम्मान गरियो। उनले कोरोना सुरु भएपछि पनि कर्णाली प्रदेशमा एक करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन।

शहीद दशरथचन्दको जन्मजयन्तीमा स्वास्थ्य समाग्री वितरण

शहीद दशरथचन्दको ११८ औं जन्मजयन्तीको अवसरमा दशरथचन्द नगरपालिकाका सबै वडामा स्वास्थ्य समाग्री वितरण गरिएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा ११ वटै वडामा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य समाग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । कोरोना भाइरसबाट सुरक्षित रहन वडाहरुलाई स्वास्थ्य समाग्री वितरण गरिएको बताइएको छ ।

लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन सांसद राईको माग

प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु रक्सीलाई ‘व्यान्ड (प्रतिवन्ध) होईन ब्राण्ड’ बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रादेशिक सञ्चार प्रतिष्ठान समावेशी बनाउन माग

प्रदेश १ को प्रादेशिक सञ्चार प्रतिष्ठान गठन प्रक्रियाको विषयमा आइतबार मुख्यमन्त्री शेरधन राईको नेपाल प्रेस युनियनले ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री राईलाई युनियनका पदाधिकारीले भेटेर प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्षण गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्