१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सैलुन खोल्न माग गर्दै इटहरीमा प्रदर्शन

कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन खुला गरिसक्दा समेत सैलुन खोल्न नदिएको भन्दैै इटहरीमा प्रदर्शन भएको छ । नेपाल नाइ संघ प्रदेश नं. १ को अगुवाईमा प्रदर्शन भएको हो ।  

लकडाउनको अवधिमा बन्द रहेका अन्य व्यापार–व्यवसाय र सवारी साधन समेत खुलिसक्दा समेत सरकारले सैलुन खोल्न नदिएर विभेदको व्यवहार गरेको भन्दै नाइ संघले प्रदर्शन गरेको जनायो । विभिन्न प्ले कार्डसहित स्थानीय जनता खेल मैदानबाट सुरु भएको प्रदर्शन नगरका विभिन्न भाग परिक्रमा गरियो ।  

सैलुन सञ्चालकले शैलुन खोल्न पाउनु पर्ने, ५० लाखको कोरोना विमा निःशुल्क गर्न, निःशुल्क पिसिआर जाँच गर्न र  बैंक तथा वितिय संस्थामा  व्याज मिनाहा हुनुपर्ने माग पनि राखेका छन् । साथै, लकडाउन अवधिको घरभाडा छुट दिनुपर्ने र सरकारीस्तरबाट राहत पाउनुपर्ने माग राखेका छन् ।  

नेपाल नाइ संघ प्रदेश नं. १ का अध्यक्ष राजेन्द्रप्रसाद ठाकुरले दैनिक गुजारा चलाउन नै समस्या परेको भन्दै सरकारले निर्वाध रुपमा सैलुन खोल्न दिनुपर्ने नत्र थप आन्दोनमा उत्रिने बताए । उनले कोरोनाको जोखिम रहेको बेला आवश्यक सावधानी अपनाएर नै सैलुन सञ्चालन गर्ने बताए । नेपाल नाइ संघका अनुसार प्रदेश नं. १ मा संघमा १५ हजार आवद्द छन् । इटहरीमा मात्र पाँच सय जना आवद्ध छन् ।

प्रकाशित: १० श्रावण २०७७ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App