coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कोरोना नियन्त्रणका लागि नेपाललाई कम्बोडियाले गर्‍याे स्वास्थ्य सामग्री सहयोग

सांकेतिक तस्वीर

कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि कम्बोडिया सरकारले नेपाल सरकारलाई स्वास्थ्य उपकरण तथा सामाग्री सहयोग गरेकाे छ। 

दुईवटा विमानमार्फत चार्टर गरेर ल्याइएका स्वास्थ्य सामाग्री कम्बोडियाको विदेश मन्त्रालयका सचिव अउच बोरिथ नेतृत्वको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई आज हस्तान्तरण गरेको हो। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार कम्बोडियाले २० लाख थान फेस मास्क, एक लाख थान फ्याब्रिक फेस मास्क, २० हजार थान एन नाइटिफाइभ मास्क नेपाललाई उपलब्ध गराएको छ। 

यस्तै, कम्बोडियाले २० हजार थान चस्मा, २० हजार थान पीपीई सेट, ५ सय थान थर्मोमिटर २० हजार थान फेस सिल्ड, २० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। 

प्रकाशित: २० पुस २०७७ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App