८ वैशाख २०८१ शनिबार

नेपाल, कम्बोडिया र बर्माका कलाकारको संयुक्त प्रस्तुति

सगरमाथा र लुम्बिनीको ब्यानरमा आयोजना गरिएको सो कार्यक्रममा ती कलाकारले आ–आफ्ना देशको गीत सङ्गीत एवं नृत्य प्रस्तुत गरेका हुन्।

अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर अनलाइन ठगी धन्दामा लगाउने गरेका छन् ।

कम्बोडियाबाट झापा ल्याइयो निराकारको शव

कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औँ तलाको झ्यालबाट हाम्फाल्दा उहाँको मृत्यु भएको थियो।

निराकारको शव भाेली राति नेपाल आइपुग्ने

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्याण्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ। शव शुक्रबार राति १०ः३० बजे काठमाडौँं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले)का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ।

कम्बोडियामा निराकारको मृत्यु: बेलैमा उद्धार नभएको परिवारको गुनासो

कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन्।

कम्बोडिया डुंगा दुर्घटनाः एघार जनाको मृत्यु

दुर्घटनाग्रस्त डुंगामा दुई जना चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए। दुर्घटनामा १२ देखि १४ वर्ष उमेर समूहका आठ पुरुष र तीन जना महिलाले ज्यान गुमाएका तथा बाँकीको जीवितै उद्धार गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन समितिले जनाएको छ।

कम्बोडियामा डुङ्गा पल्टिदाँ, २३ चिनियाँ नागरिक बेपत्ता

कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

इन्डोपेसेफिक र श्रीलङ्का सङ्कटबारे दुई देशका विदेशमन्त्रीबीच छलफल

आफूहरुको भेटवार्ता अति नै राम्रो भएको र समसायिक विषयमा सामान्य छलफल भएको दुवै पक्षका अधिकारीहरुले बताएका छन्। अमेरिकी विदेश मन्त्री ब्लिन्केनले यस भेटलाई आफूले राम्रो अवसरका रुपमा लिएको प्रतिक्रिया दिएको छ।

कोरोना नियन्त्रणका लागि नेपाललाई कम्बोडियाले गर्‍याे स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि कम्बोडिया सरकारले नेपाल सरकारलाई स्वास्थ्य उपकरण तथा सामाग्रीहरु सहयोग स्परूप उपलब्ध गराएको छ।

कम्बोडियाली अर्थतन्त्र स्थिर, ७.१ प्रतिशतले बढ्ने प्रक्षेपण

कम्बोडियाको अर्थतन्त्र सन् २०२० मा सुदृढ रहने आसियान अनुसन्धान कार्यालय (आम्रो)ले प्रक्षेपण गरेको छ।

एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष १३ सयको मृत्यु

एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०१० को तुलनामा यो तथ्याङ्क ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् । त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी एड्सका कारण मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क रहेको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिए ।

‘चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन’

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्