२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कम्बोडिया डुंगा दुर्घटनाः एघार जनाको मृत्यु

दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन्।

दुर्घटनाग्रस्त डुंगामा दुई जना चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए। दुर्घटनामा १२ देखि १४ वर्ष उमेर समूहका आठ पुरुष र तीन जना महिलाले ज्यान गुमाएका तथा बाँकीको जीवितै उद्धार गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन समितिले जनाएको छ।

यसैबीच, फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय क्षेत्रमा शनिबार बिहान आगलागीमा हुँदा छ जनाको मृत्यु भएको छ। आगोमा परेर ७९ वर्षीय एक पुरुष, एक ३० वर्षीया महिला, उनका १२, सात र दुई वर्षका छोराछोरी र अर्का पुरुषको मृत्यु भएको अग्नि नियन्त्रण कार्यालयले जनाएको छ।

उनीहरू जलेको घरभित्र फसेपछि निसास्सिएका थिए। आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

प्रकाशित: २९ आश्विन २०७९ १२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App