१० मंसिर २०८१ सोमबार
image/svg+xml

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ। कोरोना भाइरसको अघिल्लो लहरमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन परेको थियो।

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

घरदेखि अस्पतालसम्म बिरामीको बढ्दो चापले विगतमा अभाव सिर्जना भएको अक्जिसन समेत तयारी अवस्थामा राखिएको छ। यसै सन्दर्भमा बागमती प्रदेशको राजधानी हेटौडामा अक्सिजन प्लान्ट निर्माण गरिएको छ।

अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो। गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो।

भक्तपुरमा कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु

देशकै नमूनाको रुपमा भक्तपुरमा जनताको पैसाबाट कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु भएको छ। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा मंगलबारबाट औपचारिक रुपमा अक्सिजनको उत्पादन सुरु थालिएको छ।

४५ मिनेट उत्पादन रोकिएर आपूर्ति अवरुद्ध हुँदा अक्सिजन अभावमा आठजना बिरामीको ज्यान गयो

हाइफ्लो अक्सिजन नपाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गतएराती आठजना बिरामीको ज्यान गएको छ। ती मध्ये एकजना सुत्केरी छिन्। प्रतिष्ठानको आइसोलसन कक्षमा ती सुत्केरीको उपचार भईरहेको थियो।

अक्सिजन दिँदै मध्यपुरथिमी नगरपालिका : २४ घण्टामा १ लाख ९२ हजार लिटर उत्पादन

शुक्रबार राती १० बजेबाट अक्सिजन उत्पादन थालेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले शनिबार २४ जना बिरामीलाई अक्सिजन दिएको छ।

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा सकस

जुम्लामा बिजुली नहुँदा अक्सिजन उत्पादनमा समस्या भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन उत्पादनका लागि प्लान्ट स्थापना भए पनि बिजुली नहुँदा अक्सिजन उत्पादन गरेर सिलिण्डर भर्न नसकिएको हो। तर प्लान्टबाट सिँधै १ सय ५० बेडमा अक्सिजन पुगिरहेको प्रतिष्ठानले जनाएको छ।

अक्सिजन उत्पादन सुरु

काठमाडौं महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु गरिएको छ। कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन सुरु गरिएको हो।

बिरामीको बेडसम्मै पाइपलाइनबाट अक्सिजन

बेनी अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीले आवश्यकता अनुसार बेडमै बसेर अक्सिजन लिन पाउने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्