coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भक्तपुरमा कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु

देशकै नमूनाको रुपमा भक्तपुरमा जनताको पैसाबाट कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु भएको छ। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा मंगलबारबाट औपचारिक रुपमा अक्सिजनको उत्पादन सुरु थालिएको छ। यसअघि त्यहाँं परीक्षणको रुपमा अक्सिजन उत्पादन थालेको थियो। प्लान्टको मंगलवार नै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले उदघाटन गरे।

सुरुमा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल कोभिड युनिटमा रहेका कोभिडका विरामीको लागि अक्सिजन अभाब हुनसक्ने र त्यसका लागि केन्द्रिय, संघीय सरकारसँंग सहयोग माग भएको थियो। तर सरकारबाट सहयोगको कुनै प्रतिक्रिया नआएपछि भक्तपुर नगरपालिकाले कोभिडका विरामीको अक्सिजनको व्यवस्था मिलाउन कोभिड प्लान्ट बनाउन भनी जनतासँंग सार्वजनिक रुपमा सहयोगको माग भएको थियो। सार्वजनिक रुपमा सहयोग माग भएकोमा जेठ ५ गतेबाट सहयोगको क्रम सुरु भएको थियो। यस क्रममा असार १ गते मंगलबारसम्म पाँंच करोड ९३ लाख ९८ हजार एक सय ७६ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको नगरपालिकाले जानकारी गराएको छ।  

सुरुमा अक्सिजन प्लान्टका लागि एक करोड २० लाख रुपैयाँं आवश्यक भएको भन्दै नगरपालिकाले त्यसका लागि सहयोगको आहवान गरेको थियो। त्यस क्रममा सुरुमा पहिलो दिन जेठ ५ गते पहिलो पटक तीन वटा संस्था र एकजना व्यक्तिबाट गरी २५ लाख वढी रकम सहयोग प्राप्त भएको थियो। जनताकै स्वास्थ्यका लागि भन्दै त्यसपछि सहयोग गर्नेहरुको ओइरो नै लाग्यो। दैनिक सयौं संघसंस्था र व्यक्तिहरुले सहयोग गर्न थाले र झण्डै ६ करोड रुपैयाँ सहयोग प्राप्त भयो। सहयोग गर्नेहरुको क्रम अझै जारी छ। सोचेभन्दा वढी सहयोग प्राप्त भएपछि नगरपालिकाले सहयोग रकमलाई अन्य स्वास्थ्य सामाग्री खरिद गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ।

  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान भई अक्सिजन उत्पादन हुन थालेको जनाए। प्लान्टको परीक्षण सफल सफलतापूर्वक सम्पन्न भएको र अवका दिनमा भक्तपुरका कोभिड विरामीलाई अक्सिजनको अभाब नहुने उनले बताए।  

यसअघि नगरपालिकाले अक्सिजन प्लान्टका लागि चाहिने सामानहरु चीनको छेन्दुस्थित कम्पनीबाट सिधा खरिद गरेको थियो। नगरपालिकाले सिधै कम्पनीमा सम्पर्क गरी त्यहाँको व्यवस्थापनसँग प्रस्ताव पेश गरी मोलमोलाई गरी खरिद गरेको नगरपालिकाले जनाएको छं। यसमा कम्पनीदेखि ग्राहकसम्मकाबीचका कम्पनी वा सहजकर्ता, आयातकर्ता कसैको पनि सहभागिता नभएकाले बजार मूल्यभन्दा केही कम मूल्यमा पनि सामान पाएको नगरपालिको भनाई छ। 

नगरपालिकाले अहिले कोभिडको विरामीका लागि पहिलो प्राथमिकतामा राखेर अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन सेवा दिने र भोलिका दिनमा कोभिड निमूर्ल भएपछि ख्वप अस्पतालका लागि प्रयोग गरिने जनाएको छ। नगरपालिकाले ख्वप अस्पताल चाँंडै नै सञ्चालन गर्दैछ। त्यसको लागि भबन निर्माण कार्य झण्डै सकाइएको छ। नगरपालिकाले कोभिड युनिट आइसोलेसन सेवाका साथै च्याम्हासिंह जनस्वास्थ्य सेवा र इमर्जेन्सी सेवा प्रदान गर्दै आएको छ। 

प्रकाशित: १ असार २०७८ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App