८ मंसिर २०८१ शनिबार
image/svg+xml

भक्तपुरमा आज दिनभर दान कार्यक्रम चल्यो

भक्तपुरमा आज सोमबार दिनभर दान कार्यक्रम चलेको छ। भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा दिनभर दान कार्यक्रम चलेको हो। विशेष गरेर भक्तपुर नगरका विभिन्न वडावासीहरू दान कार्यक्रममा सहभागी भएका थिए।

भक्तपुरमा गरियो म्हः पूजा र देउसीभैलो

भक्तपुरमा आज शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ। जिल्लास्थित व्यासीमा रहेको एक बिद्यालयका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए।

भक्तपुरमा सकियो दुईदिने नेपालभाषा साहित्य सम्मेलन

त्रीचालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (दुईदिने सम्मेलन) आज भक्तपुरको ल्योसिंख्यमा सम्पन्न भएको छ । हिजो स्थानीय ज्येष्ठ नागरिक एवं सांस्कृतिक गुरु राम घेमोसुबाट मालश्री धुनको पाश्र्वमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उदघाटन भएको थियो।

भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै

महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् व्वाकेगु रागो दौडाउने जात्रा आज मनाइँदैछ।

भक्तपुरमा मनाइयो पुलुकिसी जात्रा

हजारौँ नगर बासीहरूले हर्षाेल्लाका साथ आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएका छन । जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुरु हुने परम्परा छ।

भक्तपुरमा घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियोे गाईजात्रा

भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि शुरु भएको छ। अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा शुरु भएको मानिन्छ।

भक्तपुरमा पनि देखियो बालेन पारा: थालियो अव्यवस्थित ठेला पसल हटाउन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जस्तै भक्तपुर नगर क्षेत्रमा पनि ठेलागाडाहरु तथा अन्य अव्यवस्थित पसल व्यवसाय हटाउने अभियान थालिएको छ। भ

अविरल वर्षाले भक्तपुरमा एउटा घर भत्कियो

भक्तपुरको चाँंगुनारायण नगरपालिका १ सम्थली गणेश मन्दिरमा अविरल वर्षाले मंगलबार विहान एउटा घर भत्केको छ।

भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता जेठ २७ गतेदेखि सञ्चालन हुनेछ।

भक्तपुरमा गुडिरहेको बसबाट खसेर महिलाकाे मृत्यु

राधेराधेबाट निकोसेरातर्फ जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०-४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो।

भक्तपुरमा खुला बुद्धिचाल सुरु

भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्यापिड बुद्धिचाल सुरु भएको छ। प्रतियोगिता शनिबार सकिनेछ।

भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा बालकको मृत्यु, एक घाइते

जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

इटा उद्योगीहरु भन्छन्ः गत वर्षकै आधा इटा बाँंकी छन्, यो वर्ष के गर्ने?

भारतीय मजदुरहरु विशेष गरेर इटाभट्टामा इटा पोल्ने, पोलिसकेको इटा बजारमा पठाउनका लागि इटाभट्टाबाट बाहिर निकाल्ने र बोक्नेलगायतका कार्यमा संलग्न हुन्छन्। काममा आउने सबैजना स्थानीयस्तरमै काँंचो इटाबाट अस्थायी टहरा (छाप्रो) बनाइ सिजनर काम गर्ने ठाउँमै बस्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्