फास्ट ट्रयाकको भौतिक प्रगति १६ प्रतिशत
बहुचर्चित र विकासको लागि अत्यावश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माण सुरु भएको तीन वर्षमा समग्रमा १६ प्रतिशत मात्रै काम सकिएको छ ।
बहुचर्चित र विकासको लागि अत्यावश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माण सुरु भएको तीन वर्षमा समग्रमा १६ प्रतिशत मात्रै काम सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष (आव) ०७६/७७ मा लक्ष्यको ६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा लकडाउनको प्रभाव पर्दा निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाउने लक्ष्य पूरा नहुने भएको हो ।
मुलुकलाई संघीयताको ढाँचामा लैजाँदा धेरै कोणबाट विचारविमर्श भएका थिए। नेपालजस्तो सानो मुलुकका लागि संघीयता आवश्यक छैन भन्नेहरू थिए र आज पनि छन्। अहिले लागु गएिको विकेन्द्रीकरणको सिद्धान्तलाई राम्रोसँग कार्यान्वयन गर्न सके र तल्लो प्रशासनिक निकायलाई अधिकार सम्पन्न बनाए संघीयतामै जानुपर्दैन भन्ने धारणा पनि उत्तिकै बलियो थियो।
कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा गरिएको लकडाउनको समयमा पनि प्रज्ञा प्रतिष्ठानले पुस्तक सम्पादन, प्रकाशन र बृह्त शब्दकोषको कामलाई निरन्तरता दिएको छ । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायका अनुसार लकडाउनका समय प्रतिष्ठानबाट १० वटा पुस्तक प्रकाशित भएका छन् । त्यस्तै ५३ वटा विषय समेटिएको ‘नेपाली दर्शन’ को प्रारम्भ भएको छ ।
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको भौतिक प्रगति ४९ प्रतिशत पुगेको छ । यस अन्तर्गत बन्नुपर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये हालसम्म चार सय १३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले आर्थिक वर्षको दोस्रो चौमासिकसम्म मन्त्रालयको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन्।
प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गरेको छ। शुक्रबार प्रलेसले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार आनन्ददेव भट्टलाई धातुमा कुँदिएको अत्रि प्रदान गरेका थिए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा पुनर्निर्माण क्षेत्रमा ८३ प्रतिशत प्रगति गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले चार वर्षमा पुनर्निर्माणको ६ क्षेत्रमा औसत ८३ प्रतिशत उपलब्धि हात पारेको बताएका छन्।
संसद्को अर्थ समितिले चालु आर्थिक वर्षको चौमासिक अवधिमा विकासे मन्त्रालयको भौतिक र वित्तीय प्रगतिबीच ठूलो खाडल देखिएको बताएको छ। सिंहदरबारमा बिहीबार भएको अन्तरमन्त्रालय चौमासिक समीक्षा कार्यक्रममा समितिका सभापति कृष्णप्रसाद दाहालले विकासे मन्त्रालयको चौमासिक अवधिमा भएको विकासे आयोजनाको भौतिक र वित्तीय प्रगतिबीच तालमेल नदेखिएको बताए।
नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ।
रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन जनताको जलविद्युत् कार्यक्रम अन्तर्गतको माथिल्लो त्रिशूली ३बी जलविद्युत् आयोजनाको ४० प्रतिशत काम सकिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत् कम्पनीका अनुसार आयोजनाको तीन हजार आठ सय पाँच मिटर मुख्य सुरुङ(हेडरेस टनेल)मध्ये १४ सय मिटर खनिसकेको छ ।
चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणले तीव्रता पाएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा रहेका जलविद्युत् आयोजनाको निर्माणले गति लिएपछि प्रसारण लाइनलाई चाप परेको हो। चालु आर्थिक वर्ष ०७६÷७७ भित्र दुईवटा जलविद्युत् आयोजनाले उत्पादन सुरु गर्ने तयारी गरेका छन्। यो प्रसारण लाइन निर्माण नभएमा उत्पादन भएको विद्युत् खेर जाने छ। प्रसारण लाइनको ५२ प्रतिशत काम सकिएको छ।
गणतन्त्र स्थापनाको ७०औं वर्षगाँठका अवसरमा गत अक्टोबर १ मा चीनले तियानमेन स्क्वायरमा सैनिक परेड, सांस्कृतिक झाँकी, विदेशी पाहुना तथा चिनियाँहरूसहितको रात्रिभोजजस्ता आकर्षणलाई समेटेर भव्य समारोह आयोजना ग-यो।