जापानी निर्देशकको नेपाली फिल्म
जापानी निर्देशक तोशिआकी इतोहले निर्देशन गरेको नेपाली फिल्म ' माई लभः प्रोमिस अफ काठमाडौं' को निर्माण सम्पन्न भएको छ। २०७२ सालमा गएको भूकम्पको पृष्ठभूमिमा बनेको फिल्ममा नेपाल र जापान दुवैतिरका कलाकारले अभिनय गरेका छन्।
जापानी निर्देशक तोशिआकी इतोहले निर्देशन गरेको नेपाली फिल्म ' माई लभः प्रोमिस अफ काठमाडौं' को निर्माण सम्पन्न भएको छ। २०७२ सालमा गएको भूकम्पको पृष्ठभूमिमा बनेको फिल्ममा नेपाल र जापान दुवैतिरका कलाकारले अभिनय गरेका छन्।
समाचार स्रोत र सञ्चारकर्मीको सम्बन्ध व्यवसायिक नहुँदा प्रवासी पत्रकारिता गुणस्तरीय नभएको गुनासो बढेको छ। व्यक्तिगत लाभका लागि समाचार लेख्ने वा नलेख्ने वर्गबाट नेपाली पत्रकारिता कमजोर बन्दै गएकोमा लेखक शिव प्रकाशले चिन्ता प्रकट गरे।
८ जुन मा वेलायतमा हुने संसदीय निर्वाचनमा एक गैरआवासीय नेपाली उम्मेदवार हुने निश्चित भएको छ।
नाटकमा सुबेदारले सुबेदार्नीको छातीमा मात्रै गोली ठोकेका होइनन्, यो त तत्कालीन नेपाली समाजमा लाहुरे गुमाएका लाहुरेनीको छातीमा परेको वज्रको विम्ब हो।
सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ। सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राति बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो।
आठ दिन देखि हराइरहेका मालारानी गाउँपालिका – ४ गौमुखे धाराका रामबहादुर नेपाली मृत अवस्थामा फेला गरेका छन्।
अमेरिकाको वासिंटन स्टेटको सियाटलका लागि नियुक्ति एसी शेर्पाद्वारा स्थापना गरिएको अवैतनिक वाणिज्य दुतावासको कार्यलय उद्घाटन भएको छ। नेपालका लागि अमेरिकी राजदुत डा.अर्जुन कार्की र सिटी अफ रेडमण्डका मेयर जोन मर्सिनले सियाटलको रेडमण्डमा स्थापना गरिएको कार्यलयमा संयूक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए।
दक्षिण कोरियाबाट घर फर्कन लागेका एक नेपाली सुतेकै ठाउँमा मृत फेला परेका छन् । वैसाख २९ गते स्वदेश फर्कन लागेका खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका ३१ वर्षीय कल्याण राई सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।
वैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ लिई बिक्री गर्ने गिरोहका चार सदस्य पक्राउ परेका छन्। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्याएर बिक्री गरेको अभियोगमा तोकबहादुर तामाङ, मेदनीप्रसाद प्रसाईं र निमा लामालाई पक्राउ गरेको हो। यसअघि नै सोही गिरोहका विष्णु लामा पक्राउ परेका थिए। ब्युरोकी एसपी मीरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुर्याएर हवाईमार्ग हुँदै युवती ओमन पठाउने गरेको बताएका छन्।
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ।
आर्थिक सूचकांकमा उकालो लाग्दै गएको भारत युवती सुरक्षाका दृष्टिले विश्वमै असुरक्षित मुलुक बन्दै गएको छ। हरियाणा प्रान्तको जिन्द जिल्लामा हालै एक नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी छिन्।
हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ? दुई–चार सय वा हजार ? दुई–चार सय वा एक हजारसम्मको अनुमान गर्दै हुनुुहुन्छ भने तपाई गलत हुनुहुन्छ । सरकारी तथ्याङ्क अनुसार हरेक दिन ६ हजारभन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् ।
सात वर्षअघि दयाहाङ राईले ‘दासढुंगा’मा अभिनय गर्दा जम्मा ३० हजार रूपैयाँ पारिश्रमिक पाएका थिए । २०६८ सालमा ‘लुट’ र त्यसको दुई वर्षपछि प्रदर्शनमा आएको ‘कबड्डी’ को सफलतासँगै दयाहाङको पारिश्रमिक बढेर अहिले १० लाख रूपैयाँ पुगेको छ । त्यतिमात्र हैन, कुनै समय फिल्ममा कसैले खेल्ने दिए हुन्थ्यो भन्ने सपना देख्ने राई आउँदो दुई वर्षका लागि ‘प्याक’ छन् ।
अमेरिकाको छुट्टाछुट्टै दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ । गत साता क्यालिफोर्नियामा सडक दुर्घटनामा परी एक युवाको मृत्यु भएको चार दिन नबित्दै शनिबार मिनिसोटामा अर्का नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ ।
युगान्डामा एक नेपालीको हत्या भएको छ । युगान्डाको एक चिनी मिलमा सुपरभाइजरका रुपमा काम गर्दै आएका भोजपुर साल्मा केउरिनीपानीका ३६ बर्षीय सिताराम बुढाथोकी हत्या भएको हो ।