१९ वैशाख २०८१ बुधबार
image/svg+xml

विवादित निजगढ विमानस्थलमा बजेटको ‘दुरुपयोग’

बजेट अभावमा कतिपय राष्ट्रिय गौरवका योजनाहरूको प्रगति वर्षौंदेखि निराशाजक देखिएको छ।

लुम्बिनी र पोखरा भन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्दथ्योः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्री नेपालको प्रश्नः निजगढ विमानस्थल नहुँदा ठूलो क्षति व्यहोर्नुपर्छ भन्ने किन बुझदैनौं?

उनले सोमबार प्रतिनिभिसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा माथि चर्चा गर्ने क्रममा भने, ‘त्यो विमानस्थल निर्माण गर्न किन अघि सर्दैनौ? त्यो नहुँदा नेपालले भोली कति ठूलो क्षति व्यहोर्नुपर्छ भन्ने कुरा किन बुझ्दैनौं। यसबारे मलाई बहस गर्न म लागेको छ।’

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताएका छन्।

अर्बौ खर्च भइसकेको निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका छन्।

निजगढ विमानस्थलको मुद्दा नटुंगिँदा अन्योल

निजगढको वन मासेर विमानस्थल बनाउने सरकारी निर्णय कार्यान्वयन भए त्यसबाट दीर्घकालीन अपूरणीय क्षति हुने दाबी रिटमा गरिएको छ। सरकारले विमानस्थल बनाउन रूख काट्न नपाउँदा दुई वर्षदेखि सर्वोच्चको निर्णय कुरेर बस्नुपरेको छ।

अझै अनिश्चित निजगढ विमानस्थल

मुलुकका विभिन्न परियोजनामध्ये पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको एउटा हो, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल। यो विमानस्थल मुलुकका लागि आवश्यक बनिसकेकामा अब खासै विवाद रहेन। तर विमानस्थल कति ठूलो बनाउने, कसले बनाउने र लगानी कसले गर्ने भन्ने सवालमा भने अझै विवाद भइरहेको छ। ठूलो रकम आवश्यक पर्ने यो परियोजनामा सरकार आफैंले लगानी गर्ने हो वा विदेशी ऋण लिएर बनाउने भन्ने विवाद सुल्झिसकेको छैन। यस्तै विवाद भइरहेको बेला सरकार भने आफैं विमानस्थल बनाउने तयारीमा लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्