८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

अर्बौ खर्च भइसकेको निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका हुन्।

उनले लामो समयको अध्ययन पश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए। विमानस्थल निर्माणमा अर्बौ रुपैयाँ खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुःखद भएको उनको भनाइ छ।

अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताए। सरकार र राजनीतिक दलहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने उनले बताए। निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उनले उल्लेख गरे।

त्यहाँ विमानस्थल बनाउँदै गर्दा वनविनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उनले बताए। अध्यक्ष नेपालले निर्वाचन प्रणाली महंगो भएकाले यस्तो प्रणाली माथि विचार गर्नुपर्ने बेला आएको बताए। उनले भ्रष्टाचारको जालोलाई समाप्त पार्नका लागि स्वच्छ राजनीति गर्नुपर्ने बताए।

उनले समानुपातिक निर्वाचन प्रणालीमा गएपनि निर्वाचनमा हुने खर्च नरोकिने बताए। यसका निम्ति सत्तामा रहेका व्यक्तिहरुको धारणा स्पष्ट हुनुपर्ने बताए। उनले सरकारले विकास निर्माणको काम गर्दा परियोजनाको प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिए। योजनालाई प्राथमिकिकरण गर्दै समग्र नेपालको विकास खाका बनाउनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १३ जेष्ठ २०७९ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App