८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री नेपालको प्रश्नः निजगढ विमानस्थल नहुँदा ठूलो क्षति व्यहोर्नुपर्छ भन्ने किन बुझदैनौं?

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अघि सारेको निजगढ विमानस्थल निर्माणलाई प्राथमिकता नदिइएको भन्दै आपत्ति जनाएका छन्। उनले सोमबार प्रतिनिभिसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा माथि चर्चा गर्ने क्रममा भने, ‘त्यो विमानस्थल निर्माण गर्न किन अघि सर्दैनौ? त्यो नहुँदा नेपालले भोली कति ठूलो क्षति व्यहोर्नुपर्छ भन्ने कुरा किन बुझ्दैनौं। यसबारे मलाई बहस गर्न म लागेको छ।’

पूर्वप्रधानमन्त्री नेपालले त्रिभुवन विमानस्थलको एक मात्र विकल्पका रुपमा निजगढ विमानस्थलाई चित्रण गर्दै आएका छन्। सोमबारको संसद बैठकमा पनि निजगढ विमानस्थल अपरिहार्य रहेको दाबी गरे।  

‘त्रिविको विकल्पको विमानस्थल निजगढ हो भन्ने कुरामा हाम्रो ध्यान किन जादैन? त्यसलाई हामीले पहिलो प्राथमिकता किन दिदैनौं?’, उनले भने।  

नेपालले देशको पर्यटन प्रवद्र्धन र सुरक्षित आकासलाई सुरक्षित राख्न निजगढ विमानस्थल निर्माणको विकल्प नरहेको बताए। ‘हाम्रो आकासमा जुन हिसाबले बायुयानहरु आउदा समस्या खडा गरेको छ। अनि यो पर्वतीय देश भएकाले अर्को किसिमको दूर्घटनाको समस्या निम्त्याएको  छ’, उनले भने।  

नेपालले थपे, ‘किन मैले सुने वास्तवमा निजगढको अब आवश्यकता छैन। किनभने लुम्बिनीमा बनिसकेको छ। पोखरामा पनि बनिसकेको छ। त्यसपछि मैले अध्ययन गर्न साथीहरुलाई दिए। त्यसको डकुमेन्ट पनि लिएर आएको  छु। भोली सम्बन्धित समितिमा पनि कुरा गरौंला। संसदमा पनि छलफल गरौंला।’

उनले यो विमानस्थल निर्माण र संचालनपछि देशकै अर्थतन्त्रलाई समेत टेवा पु¥याउने दाबी गरे। ‘यो एउटा एयरपोर्ट मात्र होइन। यो इन्टरनेशनल एयरपोर्ट मात्र पनि होइन। यो एउटा हब हो। यसले पूर्व र पश्चिम जोड्छ’, पूर्वप्रधानमन्त्री नेपालले भने। उनले नेपालका योजनाहरुमा विकासमा प्राथमिकता र आवश्यकता पहिचान गर्न चुकिरहेको उल्लेख गरे।

प्रकाशित: ८ जेष्ठ २०८० ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App