१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मापदण्ड विपरीत ग्रावेल

वीरेन्द्रनगर नगरपालिका–९ स्थित स्याउली बजारदेखि शिव माध्यामिक विद्यालयसम्मको ग्रावेल मापदण्ड विपरीत गरिएको छ।

विवादले रोकिएको सडक चार वर्षपछि कालोपत्र

स्थानीय बासिन्दाबीचकै विवादका कारण रोकिएको मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडक चार वर्षपछि कालोपत्र भएको छ।

बसको ठक्करबाट एक महिलाको मृत्यु

भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटपछि लम्बियो कामदार छनोट प्रक्रिया विवाद

फाकफोकथुम गाउँपालिकामा मौसमी कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद कुटपिटको अवस्थासम्म पुगेपछि मिल्नुको सट्टा झन् पेचिलो बनेको छ।

गैँडाकोटमा कृषक समूहलाई बाख्रा वितरण

बाख्रापालनमा स्थानीयलाई आकर्षित गर्नका लागि बाख्रा वितरण गरिएको नगरप्रमुख छत्रराज पौडेलले बताए। गैँडाकोटको वडा नं ३ र १८ मा बाख्रापालनको सम्भावना राम्रो भएको उल्लेख गर्दै नगरप्रमुख पौडेलले यी वडालाई बाख्राको पकेट क्षेत्रका रुपमा घोषणा गरिएको बताए।

लगत संकलनको नाममा पैसा असुली गर्नेलाई कारबाहीको माग

वीरेन्द्रनगर नगरपालिका–९ को कार्यालयबाट स्थायी (रातो) र अस्थाई (सेतो) लालपूर्जासहितको जग्गाको लगत विवरण संकलनमा नापी गर्नुपर्ने हल्ला फैलाएर नापीको नाममा पैसा असुली गर्ने वडाध्यक्ष र कर्मचारीहरुलाई पीडितहरुले कारबाहीको माग गरेका छन्।

टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ।

सर्लाहीको कौडेना गाउँपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासबाट खटिएको टोलीले सर्लाहीको कौडेना गाउँपालिकामा छापा हानेको छ।

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ।

दल फेरबदलको लहड

शुक्रबार तनहुँमा नेकपा एमाले त्याग गर्दै एकीकृत समाजवादीमा गएका शुक्लागण्डकी नगरपालिकाका दुई वडाध्यक्षसहित तीन जना जनप्रतिनिधि फेरि एमालेमा फर्किए।

सूर्यविनायक नगरपालिका प्रमुखमा युवाको उम्मेदवारी

आउँदो वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्रको तर्फबाट एक जना युवाले उम्मेदवारी घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्