१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुई सवारी साधनमा आगलागी

सडकमा पार्किङ गरिएको सवारीसाधनमा आगजनी।

म्याग्दीको बेनी नगरपालिका–६, डम्मरामा एकाबिहानै दुई सवारी साधनमा आगो लगाइएको छ। बेनी-दरबाङ सडकखण्डमा पार्किङ गरी राखिएको ध १ ज ९८६ नम्बरको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा रहस्यमय तरिकाले आगलागी भएको हो।

बिहिबार बिहान करिब ४ बजे रोकेर राखिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगलागी भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए। ‘दुई सवारी साधनमा आगो लगाइएको अवस्थामा भेटिएको छ,‘अनुसन्धानकै क्रममा छौ’ भारतीले भने।

आगलागी भइरहेको अवस्थामा स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विरेन्द्र गुरुङको नेतृत्वमा टोली पुगेको थियो। सवारी साधनमा आगलागी गर्ने व्यक्तिहरुको पहिचान भएको छैन्।

बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्कीएर सामान्य दुर्घटना भएपछि बिहिबार छलफल गरेर सवारीसाधन लैजाने गरी दुबै सवारी साधनलाई डम्मरामानै पार्किङ गरिएको थियो। प्रहरीले सवारीसाधनका धनी, चालकबीचको विवादले आगजनी भएको वा सोही मौका छोपी कोहीले लगाएको भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

बिहान दुबै सवारीसाधनमा आगलागी भएपछि घटना रहस्यमय भएको स्थानीयले बताएका छन्। सवारीसाधनको स्टेरिङमा समस्या रहेकाले पार्किङमै राखिएको थियो। जिल्लाभित्र सडकखण्डमा राखिएको सवारीसाधनमा यसअगाडी समेत पटकपटक आगजनी हुने गरेको थियो।

प्रकाशित: १७ चैत्र २०७८ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App