१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका– ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगाा थापाको मृत्यु भएको हो।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

आगो ताप्ने क्रममा निस्सासिएर सासू बुहारीको मृत्यु

आइतवार राति एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ।

दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

कालिकोटमा लडेर दुई जनाको मृत्यु

कालिकोटमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको खाँडा चक्र नगरपालिका –२ का २८ वर्षका सर्जन पाण्डेको भिरबाट लडेर मृत्यु भएको हो।

बैतडीमा छुट्टाछुट्टै घटना हुँदा दुई जनाको मृत्यु

जिल्लाको पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन्।

अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो।

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

आगजनीबाट दैलेख र जाजरकोटमा दुई जनाको मृत्यु

दैलेखमा भएको घटनापछि जाजरकोटमा पनि आगो नियन्त्रणका लागि पुगेका वन समितिका अध्यक्षको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्