२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आगो ताप्ने क्रममा निस्सासिएर सासू बुहारीको मृत्यु

जिल्लाको अमरगढी–१ मा आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू बुहारी हुन्।

आइतवार राति एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए। सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले जानकारी दिइन्।

उनका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसास्सिएर उनीहरुको मृत्यु भएको खुलेको छ। बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा आज बिहान अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २२ माघ २०८० १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App