२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खैरहनी नगरपालिका–२ चैनपुरचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको बा प्र ०३–००१ च १७२७ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको प्र ०३–०२–००६ प ९०६८ नम्बरको स्कुटरलाई  ठक्कर दिएको थियो। ठक्करबाट घाइते स्कुटर चालक एक पुरुषको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन। जिपका चालक फरार भएका छन्।

यस्तै भरतपुर महानगरपालिका–७ टाइगरचोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुनेमा माडी नगरपालिका–६ रामराज्यपुरका ३५ वर्षीय कुलप्रसाद सापकोटा रहेका छन्। टाइगरचोकबाट बुद्धचोकतर्फ आउँदै गरेको बा प्र ०३–००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको  बिएबी २८७५ नम्बरको कारले बिहीबार राति ठक्कर दिएको हो।  घाइते सापकोटाको उपचारका क्रममा राति नै चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रकाशित: २७ पुस २०८० ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App