२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीमा छुट्टाछुट्टै घटना हुँदा दुई जनाको मृत्यु

क्याप्शन

बैतडीमा छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन्। चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट दुई सय मिटर तल मृत भेट्टिएका हुन्।  

सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मङ्गलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। चन्दको भीरबाट लडेर मृत्युु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

यस्तै भीरबाट लडेर पाटन नगरपालिका वडा नं ४ कुणीका ५० वर्षीय वीरसिंह विष्टको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका वडा नं. २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लडेका थिए। भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ७ कार्तिक २०८० १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App