५ आश्विन २०८१ शनिबार
image/svg+xml

गाउँबस्तीमा सडक सञ्जालले जोडियो पातारासी

जुम्लाको पातारासी गाउँपालिकाका हरेक गाउँबस्तीमा सडक सञ्जालले जोडिएको छ। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज भएको हो।

बालविवाह: ‘छोरी दिँदैनौं, बुहारी ल्याउँदैनौं’

गाउँका सबैले बालविवाहमा कडाइ गर्न थालेपछि बालबालिका पनि कम उमेरमा विवाह नगर्ने मनस्थितिमा छन्। उनीहरूलाई राम्ररी पढ्न, आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न परिवारले दबाब दिने गरेका छन्।

टमाटर खेतीले रोकेको कालापहाड यात्रा

कालापहाडभन्दा आफ्नैबारीमा गरिएको मेहनतले गरेको फल कैयौँ गुणा मिठो हुन्छ। आफ्नै खेतबारीमा अर्गानिक तरकारी फलाउन सकेको खण्डमा न कालापहाड जानुपर्छ। नत कुनै खाडीमुलुक। बसीबसी घरमै सबै समस्याको समाधान हुन्छ। यही नै पारिवारिक सन्तुष्टी हो।

जुम्ला विमानस्थलको डिपिआर अलपत्र

जुम्ला विमानस्थलको स्तरवृद्धिका लागि बनेको डिपिआर अलपत्र परेको छ। दुई वर्षपहिले नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नति गर्न डिपिआर बनाएका थिए।

जुम्लामा जातीय विभेद गर्ने वडाध्यक्ष धरौटीमा रिहा

जातीय विभेद गर्ने जुम्ला सिँजा गाउँपालिका ६ का वाध्यक्ष कालीबहादुर बुढा र उनको छोरा नविन बुढा धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जिल्ला अदालत जुम्लाले धरौटीमा छाड्न आदेश गरेको हो।

बालबिवाहको डर लाग्दो चित्र: एकै बर्ष ८ सय ६० बालिका गर्भवती

गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, ’बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। सबैभन्दा बढी महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमै बिवाह गर्नाले हो।’

जुम्लामा अब एमएनको पठन पाठन हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन) को पठन पाठन हुने भएको छ। यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको छ।

पठनपाठनका लागि विकल्प खोज्दै जुम्लाकोट विद्यालय

भौतिक उपस्थितीमा शिक्षण सिकाई क्रियाकलाप गर्न नसक्ने अवस्थामा शिक्षण सिकाइ क्रियाकलापलाई कसरी निरन्तरमा दिने भन्ने बिषयमा विद्यालय निकै चिन्तित छ। प्रधानाध्यापक यादवले भने,‘अहिले भौतिक उपस्थितीको विकल्पमा के गर्न सकिन्छ भन्ने बिषयमा पनि विभिन्न विधि अपनाउन थालिएको छ।

थलिँदै कृषि अनुसन्धान केन्द्र जुम्ला

भोलीको खाद्यान्न, आजको अनुसन्धान, प्रविधि विकास गर्ने अनुसन्धान केन्द्रको लक्ष्य हो। तर यहाँ अभावै अभावका कारण अनुसन्धानमा चुनौति थपिएको छ।

शंखुबहादुरको लोभ लाग्दो ओखर बगैँचा

उनले भने, ‘पहिले मैले निकै दुःख गरेर छोराछोरी हुर्काए। छोराछोरीको मात्र अभिभावक थिए। अहिले छोराछोरीको खुसीका लागि ओखर हुर्काउँदैछु। ओखरका विरुवाको अभिभावक बनेको छु। ओखर खेतीमै आर्थिक समृद्धि देखेको छु।’

मास्क बाँड्दै सडकमा जुम्लाका सिडिओ

जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिजयाकुमारी प्रसाई मास्क बाड्ँदै सडकमा निस्किएकी छिन्। उनी कोरोना भाइरसको तेस्रो भरियन्टबाट बच्न र बचाउन अपिल गर्दै मास्क लिएर सडकमा निस्किएकी हुन्।

जुम्ला जाजरकोट जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन सुरु

जाजरकोट सदुमरकाम खलंगादेखि पाँचकाटिया हुँदै कुशे ८ साङटाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सम्मको सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।

जुम्ला विमानस्थलको डिपिआर अलपत्र, जोखिमकाबीच उडान भर्दै चालकदल

२०७५ साल जेठ २६ तारा एयरको जहाज जुम्ला विमानस्थकै धावनमार्गमा दुर्घटनामा परेको थियो। त्यो दुर्घटनामा मानवीय क्षति भने हुन पाएन। जहाज दुर्घटनासँगै विमानस्थलको स्तरउन्नतीको पहल सुरु भएको थियो। प्राधिकरणको टोली स्तरउन्नतीको लागि पटक पटक जुम्ला पुगेर फर्किएको छ। डिपिआर समेत बनेको छ तर पनि विमानस्थलको स्तरउन्नती हुन भने सकेकाे छैन।

जुम्लालाई विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिदैँ

नेपाल विद्युत प्राधिकरणसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले जुम्लामा विद्युतको राष्ट्रिय प्रसारणलाईन पुर्‍याउन आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए।

जुम्लाबाट ३१ करोडको कृषिवस्तु निर्यात

जुम्लाबाट १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्लाबाहिर निर्यात भएको छ। ६ हजार २ सय १० मेट्रिक टन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिक टन निर्यात भएको थियो। प्रतिकेजी ५० रुपैयाँको दरमा किसानले स्याउ बेचेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्