६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुम्लामा जातीय विभेदको घटना: प्रहरी नै संरक्षण बनेको आरोप

प्रहरीले दुई दिनसम्म पनि बहाना बनाएर मुद्दा दर्ता गर्नबाट उम्कन खोजेको पीडित विवेन्द्र नेपालीले बताए। जाहेरी लिएर प्रहरी कार्यालयमा गएको २४ घण्टा वितिसकेको छ। तर पनि प्रहरीले मुद्दा दर्ता गर्न मानेको छैन,उनले भने, ‘यो मुद्दा दलितको भएकै कारण दर्ता हुन सकिरहेको छैन।

जुम्लाका पत्रकार कोरोना संक्रमणको उच्च जोखिममा

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नागरिकलाई सुसुचित गर्दै कोरोना माहामारीमा फ्रन्टलाइनमै खटिएर सुचना प्रवाह गर्ने क्रममा जोखिमको खतरा हुने गरेको हो।

जुम्लाको सिमी,कोदो र मार्सीचामल क्यानडा निर्यात

८ टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात भएको हो। कर्णाली सेफ एण्ड सुपरफुट इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल,४ टन सिमीको दाल र १ टन कोदो निर्यात गरेको जानकारी दिए।

जुम्लामा पहिरोमा परेका चार जना सम्पर्कविहीन

पातारासी गाउँपालिकाको लेखिढुंगा टुङटुङ लेखमा पहिरोमा परेका चार जना सम्पर्कविहिन भएका हुन्। पहिरोमा परेकाहरुको खोजी कार्यका लागि आफन्तजन पहिरो गएको स्थान तर्फ गइरहेको प्रहरीले जनाएको छ।

जुम्लामा एमबीबीएस कार्यक्रम सुरु हुने पक्का

चिकित्सा शिक्षा आयोगले जुम्लामा एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्ने निर्णय गरेसंगै अब कर्णालीमा एमबीबीएस कार्यक्रम सुरु हुने पक्का भएको हो।

जुम्लामा समुदायस्तरमा कोराेनाः दुई वडा सील

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै जुम्लाका दुई गाँउ सील गरेको छ।

कोरोना संकटमा भरोसा बन्दै गंगा

कोरोनाको दोस्रो लहरमा जुम्ला तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्याय संक्रमित व्यवस्थापनमा निकै खटिएकी छिन्। उनी संक्रमितको घरमै पुगेर संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्छिन्। यहाँका घर होम आइसोलेसन बनाउन लायक छैनन्। घरमा बस्दा परिवारै संक्रमित हुन सक्ने खतरा भएकोले गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बस्नको लागि सुझाउँछिन्।

कोरोना संक्रमण फैलिएपछि जुम्लाको राँकागाउँ सील

पहिलो पटक २५ जनाको कोरोना परिक्षण गरेकोमा २३ जनामा कोरोना पुष्टि भएपछि १० दिनका लागि राँकागाउँ सील गरिएको हो।

कोरोनाको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी

कोरोना भाइरसको कारण देखाउँदै जुम्ला बजारमा कालोबजारी बढेको छ । खाद्य बस्तुमा अत्यधिक मूल्यवृद्धि भएको र अखाद्य बस्तु किनबेच भइरहेको उपभोक्ताले गुनासो गरेका छन् ।

जुम्ला कारागारमा १५ जनामा कोरोना संक्रमण पुष्टि

कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा १५ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जेलर गयाप्रसाद पाण्डेले जानकारी दिए।

कोरोना जित्दै, घर फर्किंदै जुम्लावासी

एकसाता अघि सम्म जुम्लाको कनकासुन्दरी गाउँपालिकामा ३० जना संक्रमित भेटिए। एकै पटक यति धेरै संक्रमित देखिएपछि गाउँमा त्रास फैलियो। कोरोना संक्रमितलाई हेर्ने नजर नकरात्मक थियो। गाउँपालिका भरी ३ सय जनामा परीक्षण गर्दा ३० जना संक्रमित भेटिए। गाउँपालिकाले संक्रमित सबैलाई संस्थागत आइसोलेसनमा ल्यायो।

जुम्लाका स्थानीयतहमा अक्सिजनसहितको कोभिड अस्पताल

जुम्लाको एक नगरपालिका बाहेक ७ वटा गाउँपालिकामा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन्।

जुम्ला अस्पताल: दुई सातामा तीन जना संक्रमितको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ। कालिकोट तिलागुफा नगरपालिकाका ८० वर्षीय एक संक्रमितको बिहान मृत्यु भएको हो।

जुम्लामा होम आइसोलेसनले फैलाउँदै संक्रमण

‘हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको नीति वैज्ञानिक छैन। तत्काल जुम्लाका सबै स्थानीय तहले संस्थागत आइसोलेसन बनाउनु पर्छ। जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ। नत्र कोरोनाबाट जुम्ला सुरक्षित रहन सक्दैन।’

जुम्लाका स्थानीय तहमा ५० बेड आइसोलेसन, ५ बेडको कोभिड अस्पताल अनिवार्य

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले कोरोना संक्रमणको बढ्दो दरलाई मध्येनजर गर्दै हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन र ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्