६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुम्ला बन्यो नेपालकै ठूलो फुजि स्याउको बगैँचा

जुम्लाको गुठिचौर गाउँपालिका ५ काडाखोला जलजलामा नेपालकै ठूलो फुजि स्याउँ बगैचा स्थापना भएको छ । गुठिचौर एग्रो फार्म प्रा.लि.का अध्यक्ष मिनबहादुर भण्डारीले उच्च घनत्व जातको आधुनिक स्याउ बगैँचा निर्माण गरेका हुन् । झण्डै ८ करोड रुपैयाँको व्यक्तिगत लगानीमा बगैँचा निर्माण गरिएको हो ।

जुम्लामा आजदेखि निषेधाज्ञा

नोबेल कोरोना भाइरस कोभिड –१९ नया भेरियन्ट सहितको दोस्रो लहरको संक्रमण तथा रोगका कारण मुलुकमा मृत्यु हुने संख्या दिनानुदिन तीव्ररुपमा बढिरहेकोले जुम्लामा वैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

चेकजाँच नगरे गाउँ प्रवेशमा रोक

जुम्लामा जिल्ला बाहिरबाट भित्रिने जो सुकैले चेकजाँच नगरे गाउँ प्रवेश गर्न नपाउने भएका छन्। चेकजाँचका लागि पालिका भित्र गठित सिआइसिटी टीमलाई परिचालन गर्न लागिएको हो।

स्याउ फुलेर सेताम्य जुम्लाको सैनिक ब्यारेक

जुम्लामा रहेको नेपाली सेनाको श्री नम्बर २४ बाहिनी अड्डामा स्याउ फुलेर सेताम्य भएको छ । ब्यारेक वरिपरि स्याउ फुलेको दृश्यले बाहिनीको सुन्दरता नै बेग्लै छ । ब्यारेक भित्रको कुनै पनि जमिन खाली छैन ।

खेल क्षेत्र प्राथमिकतामा

जुम्लाको हिमा गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको छ। खेलकुद क्षेत्रलाई अघि बढाउनको लागि पालिका स्तरमा प्रशिक्षकको राखेको हो। हरेक विद्यालयमा एक खेल प्रशिक्षकको व्यवस्थापन गरेर खेल क्षेत्रलाई प्रभावकारी बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए।

सिँजाका युवाले बनाए सोलारबाट चल्ने गाडी

जुम्ला सिँजा गाउँपालिका २ चुलेलगाउँका दुई जना युवाले गाउँमै गाडी बनाएर गुडाएका छन्। उनीहरुले सोलारबाट चल्ने गाडी बनाएका हुन्। सिँजा गाउँपालिका २ का प्रशान्त वड र अज वडले रातो कलरको तीन जना अटाउने गाडी बनाएर देखाएका हुन्।

जुम्लामा नयाँ वर्षमा तागे संक्रान्ति

जुम्लामा नयाँ वर्षलाई तागे संक्रान्तिका रूपमा मनाउने गरिएको छ। देशभर विभिन्न तरिकाले नयाँ वर्ष मनाइरहँदा जुम्लामा भने तागे संक्रान्तिका रूपमा मनाउने गरिएको हो। वैशाख १ को दिन विवाहित महिलाले आफ्ना पतिको दीर्घायुको कामना गर्दै तागा लगाउने चलन छ।

मुल्ली आगलागी : अन्न जल्यो, भण्डार रित्तियो

जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँका कलिमान बोहोराका मुल्लीमा रहेको घर जल्यो। उनी ढिपु गाउँमा बसेपछि बर्षायामका ६ महिना मुल्लीमै बस्थे। मुल्ली लेकाली बस्ती जस्तै थियो। प्रसस्त अन्न फलाउन सकिने भएकोले गाउँले त्यो बस्तीलाई अन्न भण्डारका हिसावमा चिनाउँथे।

गाउँ नै आगो लगाउने पक्राउ

जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगो लगाउने एक जना पक्राउ परेका छन्। अनुसन्धानकाक्रममा सोही गाउँका तेजबहादुर बोहोराले गाउँमा आगो लगाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो।

मावि हाक्ने 'कान्छो प्रधानाध्यापक'

जुम्ला तिला गाउँपालिका ६ घोडेगाउँमा जन्मिएका ३२ वर्षीय धनबहादुर रोकायाको सानैदेखि शिक्षक बन्ने रहर थियो । उनी जुन स्तरको अध्ययन गर्थे, त्यही स्तरको शिक्षक बन्ने धोको मनभित्रै बुन्थे । शिक्षक बन्ने धोको त सानैदेखि थियो तर प्रधानाध्यापक बन्ने कल्पनासम्म थिएन । अहिले कहिल्यै पनि कल्पना नगरेको प्रधानाध्यापक बनेका छन् । उनले भने,'सानो उमेरमै प्रधानाध्यापकको जिम्मेवारी पाउँदा चुनौति र अवसर दुबै अनुभूति भइरहेको छ ।'

लागुऔषध दुर्व्यसनीविरुद्ध शिक्षा दिँदै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधविरुद्ध सचेतना अभियान थालेको छ। लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत् सचेतना अभियान थालेको हो।

अक्षर चिन्ने मुगाली महिलाको धोको

नगरपालिकाले थालेको यो अभियानले निकै राहत मिल्ने भएको छ। चन्दननाथ नगरपालिकाको आर्थिक सहयोगमा पहिलो चरणको साक्षरता कक्षा सुरु गरेको हो। स्थानीय छिरिङ लामा तामाङले नगरपालिकाले निरक्षर महिलालाई साक्षर बनाउन थालिएको अभियान सकारात्मक भएको बताइन्।

विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी

नेकपा विप्लव समूह शान्ति प्रक्रियामा आउँदा जुम्लावासी खुसी भएका छन्। विप्लव समूह भूमिगत अवस्थामा हुँदा मुलुकमा फेरि युद्ध चल्ने चिन्ताले आजित जुम्लावासी शान्ति प्रक्रियामा आएसंगै ढुक्क भएका हुन्।

'बरु कर लेऊ सरकार तर फोहोर नगर सुन्दर बनाइदेऊ'

जुम्लाको चन्दननाथ नगरपालिकाले एक हप्तासम्म सदरमुकाम खलंगाको फोहोर उठाउन नसकेपछि युवा सडकमा उत्रिएका छन् । हातमा कुचो, बेल्चा लिएर युवा बजार सरसफाईमा जुटेका हुन् । नगरपालिकाले लामो समयसम्म फोहोर उठाउन नआएपछि युवाले नेतृत्व गरेर खलंगाको सरसफाई गरेका हुन् । सरसफाईमा सुरक्षाकर्मीको सहभागिता थियो ।

आगोले बस्ती खरानी भएपछिको पीडा, न घर न पाल

जुम्ला तिला गाउँपालिका ७ गोठीगाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको सानो झिल्कोले बस्ती नै खरानी बनायो। बलिरहेको आगो निभाउने न पानी थियो, नत कुनै अन्य उपाय।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्