६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्याउ उत्पादनमा दोब्बर गिरावट

यो वर्ष जुम्लाको स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ। गत वर्षको तुलनामा यो वर्ष स्याउमा दोब्बर गिरावट हो। वर्षेनी स्याउको माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित छन्।

जुम्लामा सुमधुर बन्दै नागरिक–सैनिक सम्बन्ध

सेनाको न्यून लागतमा करोडाैंका नमुना संरचना निर्माण गर्नुले सेना नागरिक सम्बन्ध सुमधुर बनिरहेको संकेत गर्छ। जुम्लामा हालसम्म झण्डै ३० लाख रुपैयाँ बराबरको संरचना सेनाले बनाइसकेको छ। विद्यार्थीले सेनाले बनाइदिएको संरचनामा ढुक्कसँग बस्न पाएको बताएका छन्।

मापदण्ड नपुगेपछि जुम्लाको कालीमार्सी धान खरिद अन्यौलमा

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने धानको उपमा पाएको कार्लीमासी धान मापदण्ड अनुसारको नभेटिएपछि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रिया रोकेको छ।

हिरासतबाट फरार थुनुवा पक्राउ

राति २ बजेतिर हिरासतबाट भागेका तीन जनालाई आइतबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी माधव काफ्लेले जानकारी दिए ।

जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैनः प्राधिकरण

पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, 'प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकामा अब दैनिकरुपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ।'

फरार अपराधी खोज्दै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले फरार अपराधी खोज्ने कार्यलाई तीव्र पारेको छ। अदालतले दोषी ठहर्‍याएर अपराधी र अदालतमा मुद्दा चलिरहेका आरोपित खोज्ने कार्यलाई तीव्र पारेको हो।

जुम्ला सिडिओका ६ महिना उपलब्धिपूर्ण

जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापा आइपुगेको ६ महिना बित्यो। उनी जुम्लामा स्थायी बासिन्दा भएकोले निकै ठूलो आशा थियो। शान्ति सुरक्षा, अमनचयन, सुशासन र चुस्त प्रशासनिक सेवा प्रवाह हुनेमा जुम्लावासी निकै आशावादी थिए। पहिलो पटक स्थानीय सिडिओ आउँदा निकै खुसी थिए। साथमा केही आशंका पनि।

बिजुली माग्दै जुम्लावासी आन्दोलित

झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन्। उनीहरुले तत्काल बिजुली नियमित आपुर्ति हुने व्यवस्था गर्न माग गरेका छन्।

जिल्ला समन्वय समिति पत्रको वाेद्यार्थ पठाउने थलो मात्र

जिल्ला समन्वय समिति अधिकारविहिन हुँदा समितिका पदाधिकारी कामविहिन छन्।

कार्यकर्तामुखी कार्यक्रम नल्याउन जुम्लाबासीको सुझाव

जुम्लाका संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार माताहतका सरकारी कार्यालयले आर्थिक वर्ष २०७७।०७८ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेका छन्। यहाँका ३२ सरकारी कार्यालयले कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्।

कर्णालीबाट स्नातक तहमा फार्मेसी पढाई

नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय ‘कर्णाली प्राविधिक शिक्षालय जुम्ला’मा यो वर्षदेखि स्नातक तहमा फार्मेसीको पढाई हुने भएको छ ।

कोरानाविरुद्ध अब्बल बन्याे जुम्ला

गत फागुन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चिकित्सक डा. धिरज गुरुङले पहिलो पटक कोराना भाइरसबारे सहजीकरण गरे। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी सहभागी थिए।

जुम्ला बजार बिहान ६ देखि दिउँसो ४ बजे सम्म खुल्ने

कोराना भाइरस फैलन नदिनको लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले असार १८ गतेदेखि जारी गरेको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि हट्ने भएको छ । शनिबार विहान देखि जुम्ला बजार खुल्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचना अनुसार विहान ६ बजे देखि दिउँसो ४ बजे सम्म बजार खुलाइने भएको छ । तर व्यापारीले जनस्वास्थ्य तथा सुरक्षा माफदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्