coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्लामा जातीय विभेद गर्ने वडाध्यक्ष धरौटीमा रिहा

जातीय विभेद गर्ने जुम्ला सिँजा गाउँपालिका ६ का वाध्यक्ष कालीबहादुर बुढा र उनको छोरा नविन बुढा धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जिल्ला अदालत जुम्लाले धरौटीमा छाड्न आदेश गरेको हो।  

जिल्ला अदालत जुम्लाका न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले जातीय विभेद गर्ने वडाध्यक्ष र उनका छोरालाई धरौटीमा छोडेको जिल्ला अदालत जुम्लाले जनाएको छ।

वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उनका छोरा नविनलाई १ लाख धरौटीमा छोडेको जिल्ला अदालत जुम्लाका निमित्त श्रेस्तादार तथा सुचना अधिकारी चेतराज पन्तले बताए।

’अभियोग पत्रको माग दावी सजायको हकमा दुई महिनादेखि दुई वर्षसम्म कैद र बीस हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने गरी भएको छ,’ उनले भने, ’तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा न्यायालयले धरौटी लिने गरेको हुन्छ। ’  

अध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नविन बुढाले सिंजा गाउँपालिका –६ काँडागाउँका विवेन्द्र नेपालीलाई जातीय विभेद गरेका थिए।  

गएको असार २५ गते पीडित नेपालीले जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढा र उनका छोरा नविनलाई प्रतिवादी बनाइ जोहेरी दिएका थिए।

जातीय भेदभाव तथा छुवाछूत सजाय कसूर मुद्दाका प्रतिवादी वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उनका छोरा नविनलाई १ लाख धरौटी माग गरि पुर्पक्षको लागि न्यायिक प्रक्रियामा राखिएको पन्तले बताए।

पीडित नेपालीले जिल्ला प्रहरी कार्यालयमा जातीय विभेदको जाहेरी दर्ता गरेका भएपनि प्रहरीले वडाध्यक्ष बुढालाई अनुसन्धानको प्रक्रियामा सहभागि नगराई सिधै अदालतमा उपस्थित गराएको हो। जाहेरी दर्ता भएबाट वडाध्यक्ष बुढा फरार थिए।  

वडाध्यक्षका छोरा नविन बुढालाई प्रहरीले १० दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आफ्नो अनुसन्धान पुरा गरेपछि वडाध्यक्ष र उनका छोरालाई अदालमा पेश गरेको थियो।

प्रकाशित: १ भाद्र २०७८ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App