निकटका कलेजलाई सम्बन्धन दिने दाउमा प्रधानमन्त्री दाहाल
सत्ताबाहिर रहँदा सरकारसँग हुने सम्झौता कार्यान्वयनका लागि बचन दिएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पछिल्लो समय आफूनिकटका कलेजलाई सम्बन्धन दिन उद्यत रहेको आरोप डा. केसीले लगाए ।
सत्ताबाहिर रहँदा सरकारसँग हुने सम्झौता कार्यान्वयनका लागि बचन दिएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले पछिल्लो समय आफूनिकटका कलेजलाई सम्बन्धन दिन उद्यत रहेको आरोप डा. केसीले लगाए ।
एमाले सचिब योगेश भट्टराईले अहिलेको सरकारको कुटनीतिज्ञ अयोग्यताले गर्दा छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको दावी गरेका छन् । उनले एमाले नेतृत्वको सरकार छँदा भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न सफल भएकोमा अहिले विशेषगरी प्रधानमन्त्री अनि गठबन्धनको कुटनीतिज्ञ अयोग्यताले विग्रिएको जिकिर गरे ।
व्यवस्थापिका-संसद्मा दर्ता भएको यातनासम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै सांसदले सजाय बढाउन माग गरेका छन्। यातना तथा निर्मम अमानवीय वा अपमानजनक व्यवहार नियन्त्रण विधेयकमा संशोधनसमेत दर्ता गराएका उनीहरूले अन्तर्राष्ट्रिय कानुनमा उल्लेख भएका कतिपय व्यवस्था थप गर्न माग गरेका हुन्।
मस्को र बेइजिङबीच सम्बन्ध न्यानो भए पनि २० प्रमुख अर्थतन्त्रको समूह ‘जी ट्वान्टी’ को शिखर बैठकमा सहभागी हुन आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार चिनियाँ समकक्षी सी जिनपिनलाई ‘आइस क्रिमको’ एउटा भाँडो उपहार दिएका छन् ।
सरकार परिवर्तनपछि भारतले चाहेको भयो भनी भारतीय मिडियाले प्रचार गरे पनि विदेश सम्बन्ध प्रभावकारी बनाउन कस्सिएको मोदी सरकार नेपालमा प्रभाव गुम्दा अप्ठ्यारोमा परेकै हो।
व्यवस्थापिका संसद्को विकास समितिले स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने सबै कानुन संसद्मा पेस गर्न निर्देशन गरेको छ। समिति बैठकले बुधबार संविधान कार्यान्वयनका लागि समयमै चुनाव गर्न कानुन आवश्यक रहेकाले संसद्मा छिटो मस्यौदा पेस गर्न निर्देशन गरेको हो। समिति सभापति रवीन्द्र अधिकारीले भने, 'स्थानीय तहको निर्वाचनका लागि आवश्यक कानुन तत्काल म
सर्वोच्च अदालतले एसिड आक्रमण गर्ने व्यक्तिलाई जघन्य अपराध अन्तर्गत कारबाही हुनु पर्ने माग दाबी गरिएको मुद्दालाई प्राथमिकताका साथ सुनुवाई गर्ने भएको छ। एसिड आक्रमण अपराध गर्ने व्यक्तिलाई सजाय गर्ने कानुन छिटो निर्माण हुन आवश्यक देखिएको भन्दै सर्वोच्चले अग्राधिकार दिई सुनुवाई गर्ने सूचिमा राखेको हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन्।
गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीका विशेष दूतका रूपमा भारत भ्रमण गर्दा दुई देशको सम्बन्ध विकास तथा उच्च तहको भ्रमणलगायत विषयमा छलफल गरेको बताएका छन्। आफ्नो भ्रमणबारे आइतबार व्यवस्थापिका संसद्लाई जानकारी गराउँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले पठाएको पत्र भारतीय समकक्षीलाई हस्तान्तरण गरेको बताए।
चिकित्सा शिक्षानीति नबनाई नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने सरकारी प्रतिबद्धताविपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्ध दिलाउन अघि सरेका छन्।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पुष्पकमल दाहालको अवोधपनका कारण नेपालको छिमेकी मुलुकसँगको सम्बन्ध झन् पेचिलो बनेको टिप्पणी गरेका छन्।
काठमाण्डौ-नवनियुक्त परराष्ट्रमन्त्री प्रकाशशरण महतले छिमेकी मुलुकसँगको सम्बन्धलाई थप विश्वासिलो र मजबुत पार्न आफू लागिपर्ने बताएका छन्।
राष्ट्रिय ध्वजाबाहक नेपाल बायु सेवा निगमले ३१ वर्षदेखि काठमाडौं–दुबई सेक्टरमा उडान गर्दै आएको थियो। व्यवस्थापकीय समस्याका कारण सन् २०१२ पछि निगमका जहाज यहाँ आउन छोडेका थिए।
नेपाली काँग्रेसका नेता नारायण खड्काले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न नसक्ने दाबी गरेका छन्।‘नेपाल र भारतबीच अत्यन्तै मैत्रीपूर्ण र ऐतिहासिक छ,’ बुधबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो सम्बन्ध अहिलेदेखि होइन, प्राचीनकालदेखि नै घनिष्ठ छ।’
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले केपी ओली नेतृत्व सरकारले बनाएको असन्तुलित सम्बन्ध सुधार गर्न सरकारले भारत र चीनमा विशेष दूत पठाउन लागेको बताएका छन्। भारतका लागि विशेष दूत तोकिएका उनले भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणका साथै प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा समेत कुरा गर्ने दाबी गरे।