५ आश्विन २०८१ शनिबार
image/svg+xml

इलामको व्यापार केन्द्र सिटी मार्ट उद्घाटन

१२ करोड १९ लाख रुपैयाँ लागतमा निर्मित सिटी मार्ट इलाम नगरका मेयर महेश बस्नेत र उपमेयर सुशीला नेम्बाङले संयुक्त रूपमा उद्घाटन गरे।

दशैं बजार : भक्तपुरमा जौँ र मकैको व्यापार

रुद्रामाया भेले एक पोको मकै र एक पोको जौँ लिएर भक्तपुरको टौमढीमा बेच्न बसिन्। ’जौँ लिनुस्। एक गिलासको १५ रुपैयाँ।’ उनले यसरी नै ग्राहक बटुल्छिन्।

आउँदो शुक्रबारदेखि खसीबोकाको बिक्री वितरण सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार देखि (असोज २२) खसीबोकाको विक्रि वितरण सुरु गर्ने भएको छ।

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ। मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ। एक/दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन्। मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन।

वीरगन्ज सुक्खा बन्दरगाहमा जामः यसरी अड्किए १५ सय खाली कन्टेनर

कोरोना कालमा भएको बन्दाबन्दीका कारण खाली कन्टेनरको यहाँ जाम हुन पुगेको बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्टले जनाएको छ। सुक्खा बन्दरगाहमा जाम भएर बसेका खाली कन्टेनर फिर्ता पठाउन सवा करोड भारतीय रूपैयाँ अर्थात् नेपाली २ करोड खर्च हुने देखिन्छ । खाली कन्टेनर फिर्ता पठाउन नसकेर त्यसबाट भएको जामले गर्दा असहजता भएको व्यापारी बताउँछन्।

स्वदेशी उत्पादन प्रवर्द्धन अभियानको लोगो राष्ट्रपतिलाई

विराटनगरका उद्योगीहरूले सुरू गरेको स्वदेशी उत्पादन प्रवर्द्धन अभियान टोली काठमाडौं पुगेको छ। विराटनगर लगायत प्रदेश १ का विभिन्न जिल्लामा अभियान सञ्चालन गरिरहेको टोली काठमाडौं पुगेको हो।

आइएमई पे र नियोटेरिकबिच सम्झौता

आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता भएको छ।सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसनका व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिकका प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्।

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंँका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ।

निजीभन्दा सरकारी चामल महँगो

दसैंका लागि राखिएको करिब साढे सातसय क्विन्टल चामल बिक्री नभएर गोदाममै थन्किएको छ। बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा तराईका जिल्लामा सरकारी चामल बिक्रीमा समस्या हुँदै आएको छ

व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा चार जना सार्वजनिक

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

भिड छ, व्यापार छैन

यसअघिका वर्षमा काठमाडौंका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भिडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको हुने गरेको भए पनि कोरोनाकै कारण अझै काठमाडौंका सपिङ सेन्टर, मलदेखि फुटपाथसम्म किनमेल गर्नेको तँछाडमँछाड दैखिँदैन। पछिल्लो समय बजारमा केही भए पनि, चहलपहल बढे पनि व्यापारमा भने खासै सुधार नभएको व्यापारीहरू बताउँछन्।

अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेलाको एक लाख बढीले अवलोकन गरे

‘महामारीका कारण साना र मझौला उद्योगले भोग्नु परेको समस्याका बाबजुत महासंघले अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने उदाहरण बनेको छ।’

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला सुरु

एक्सपो डट विनबिज डटकम डट एनपीमा गएर अवलोकन गर्न सकिने पाँचदिने मेलामा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका गरी ८० स्टल छन्।

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला बिहीबारदेखि

महिला उद्यमी महासंघ नेपालले भर्चुअल रूपमा आयोजना गर्न लागेको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।

बढ्दो निर्यात व्यापार: उत्साही निजी क्षेत्रलाई अघि बढाउने जिम्मेवारी सरकारको

सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्ष नेपालको कुल वस्तु निर्यात करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। यो अघिल्लो वर्षसँग तुलना गर्दा ४४.४ प्रतिशतको वृद्धि हो। आयातको तुलनामा नेपालको निर्यातको हिस्सा ज्यादै नगन्य भए पनि गत वर्ष भएको निर्यात वृद्धिले निजी क्षेत्रमा आशा जगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्