४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक व्यापार साढे ३ खर्ब घट्यो

मुलुकको वैदेशक व्यापारमा उच्च गिरावट आएको छ। गत आर्थिक २०७९-८० मा मुलुकको आयात, निर्यात दुवै घटेको छ।

व्यापारीलाई मल बेच्ने सहकारीको विक्रेता प्रमाणपत्र खारेज

किसानलाई बाँड्नुपर्ने सरकारी अनुदानको रासायनिक मल व्यापारीलाई बेचेको पुष्टि भएपछि इलाम नगरपालिकाको एक सहकारीको विक्रेता प्रमाणपत्र खारेज गरिएको छ। वडा १,साखेजुङको सूर्य ज्योति कृषि सहकारी संस्थाको विक्रेता प्रमाणपत्र कृषि सामग्री कम्पनी लिमिटेडले खारेज गरिदिएको हो।

आँप: उत्पादन किसानको, मूल्य व्यापारीको

नेपालमा सबैभन्दा बढी आँप फल्ने मधेस प्रदेशमा हो। मुलुकको कुल उत्पादनको ७६ प्रतिशत आँप मधेसमा फल्छ।

एडिबीद्वारा ६ अर्ब ६० करोड रूपैयाँ ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६० करोड रूपैयाँ ) ऋण स्वीकृत गरेको छ।

विद्युतीय व्यापार गर्ने विधेयक दर्ता

सरकारले निजी कम्पनीले विद्युतीय व्यापार गर्ने कानुनी आधार तयार गर्दै संसद्मा विधेयक दर्ता गरेको छ। यसअघि कानुनी व्यवस्थाको अभावमा विद्युतीय माध्यमबाट सञ्चालन हुने व्यापारको व्यवस्थापन गर्न कठिनाइ भइरहेको थियो।

‘निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न अनुमति माग’

निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकले निजीक्षेत्र आन्तरिक र बाह्य रूपमा विद्युत् व्यापार गर्न योग्य भएकाले तत्कालै निजीक्षेत्रलाई विद्युत् व्यापार गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन्।

विद्युत् विधेयक संघीय संसद्मा पठाउन अनुमति

मन्त्रिपरिषद्को बुधबार बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विद्युत् ऐनको विधेयक सङ्घीय संसद्मा पेस गर्ने अनुमति दिएको छ।

प्रकाशन गृह धेरै हुँदा पनि पाठ्यपुस्तक पाउनै मुस्किल

कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराउँछन्।

साकेलाका व्यवसायीलाई अनिवार्य करको दायरामा ल्याइदै

खोटाङको साकेला गाउँपालिकाले स्थानीय व्यापार व्यवसायलाई अनिवार्य करको दारयामा ल्याउने भएको छ। त्यसका लागि गाउँपालिकाभित्र सञ्चालन भईरहेका र अव सञ्चालन हुने व्यापारिक व्यवसायिक फमहरुलाई स्थानीयतहदेखि र कर कार्यालयसम्म अनिवार्य दर्ता गर्नुपर्ने नियम लागू गरेको छ।

भारतीय प्रधानमन्त्री नेपाल-भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ -प्रधामन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डल स्तरमा वार्ता भएर नेपाल र भारत बिच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन्।

१० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रतिवद्धता जनाएका छन्।

‘नेपाल-भारत सम्बन्ध सुपरहिट बनाउँछौं’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पिपिए) का लागि सम्झौता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समझदारीलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताएका छन्।

औद्योगिक वातावरण बनाउने प्रयास

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा औद्योगिक वातावरण बनाउने प्रयास गरेको छ। बजेटले स्वदेशमा उत्पादन तथा रोजगारी बढाउने कार्यक्रमलाई प्राथमिकता दिएको छ।

कार्बन व्यापारमा शिथिलता

नेपालले कार्बन व्यापारबाट यति–उति आम्दानी गर्ने भयो, यति रकम आइसक्यो, कार्बन व्यापारबाट लाभ लिन यो आयोजना स्वच्छ विकास संयन्त्र (सि.डि.एम.) को कार्यकारी समितिमा दर्ता भयो र यसबाट यति रकम नेपालले पाउँछ भनी नियमितरूपमा पत्रपत्रिकामा समाचार आउँथे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्