१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न अनुमति माग’

फाइल तस्वीर

निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकले निजीक्षेत्र आन्तरिक र बाह्य रूपमा विद्युत् व्यापार गर्न योग्य भएकाले तत्कालै निजीक्षेत्रलाई विद्युत् व्यापार गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन्। निजी क्षेत्रले जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन गर्न सफल भएझैं विद्युत् व्यापारमा पनि निजीक्षेत्रले गर्न सक्ने भएकाले तत्कालै आन्तरिक तथा बाह्य मुलुकमा विद्युत् व्यापारको अनुमति दिन माग गरेका हुन्।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले इप्पानको २१ औं साधारणसभालाई सम्बोधन गर्दै सरकारले निजीक्षेत्रलाई जलविद्युत् आयोजना निर्माण गर्न दिएझैं विद्युत् व्यापार गर्न पनि ढोका खोलिदिनुपर्ने बताए।

‘जसरी उत्पादनमा निजीक्षेत्र नआउँदासम्म विद्युत् उत्पादन बढेन, त्यसैगरी व्यापारमा पनि निजीक्षेत्र नआएसम्म व्यापारको दायरा बढ्न सक्दैन। हामी विद्युत् व्यापार गर्न योग्य छौं, तयार छौं। सरकारले अनुमति दिएर वातावरण बनाइ दिनुपर्छ,’ अध्यक्ष आचार्यले भने ‘जसरी सरकार एक्लैले पर्याप्त मात्रामा बिजुली उत्पादन गर्न नसकेर ३० वर्षदेखि निजीक्षेत्रलाई जलविद्युत् उत्पादनमा अघि सार्‍यो।

निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकले निजीक्षेत्र आन्तरिक र बाह्य रूपमा विद्युत् व्यापार गर्न योग्य भएकाले तत्कालै निजीक्षेत्रलाई विद्युत् व्यापार गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन्।

त्यसैगरी अब सरकार एक्लैले विद्युत् व्यापार गर्न सक्दैन। त्यसैले जलविद्युत् उत्पादन गर्न निजीक्षेत्रलाई दिएझैं गरेर अब विद्युत् व्यापार गर्न पनि निजीक्षेत्रलाई दिनु ढिलो गर्न नहुने अवस्था आइसकेको छ।’

अध्यक्ष आचार्यले सरकारले विद्युत् ऐन २०४९ ल्याएर जलविद्युत् आयोजना निर्माण गर्न निजी क्षेत्रलाई प्रवेश गराएको बताउँदै अब निजी क्षेत्रलाई विद्युत् व्यापारमा अघि सार्नुपर्ने बताए। ‘पछिल्लो समयमा कार्बन उत्सर्जन घटाउने विषयमा विश्वव्यापी चासो छ। कार्बन घटाउने क्षमता भएको मुलुक नेपाल हो। नेपालमा क्लिन इनर्जीकोसम्भावना धेरै छ। हाइड्रो, सौर्य सबै ऊर्जाको सम्भावना छ।’ आचार्यले भने ‘विद्युत् उत्पादनमा निजीक्षेत्रको प्रवेश बिना उत्पादन सफल नभएको भन्दै खपत बढाउन र निर्यात गर्न पनि अब निजीक्षेत्रलाई व्यापार गर्न दिनुपर्ने आवश्यकता भइसकेको छ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जाक्षेत्रमा भारतीय निजीक्षेत्रको धेरै ठूलो लगानी आउने बताएका छन्। ढकालले नेपालको ऊर्जाक्षेत्रमा भारतीय निजीक्षेत्रको धेरै ठूलो लगानी आउनेमा आफू विश्वस्त रहेको बताएका हुन्। ‘जलविद्युत्को विषयमा धेरै पहिलेदेखि कुरा उठाउँदै आए पनि निजीक्षेत्र आएपछि मात्रै तीव्ररूपमा विकास भएको हो,’ उनले भने।

‘पूर्वाधार बनाउने होस् वा सिमेन्ट उत्पादन गर्ने अथवा बिजुली उत्पादन गर्ने कुरा नै किन नहोस्, यी सबै क्षेत्रको विकास निजीक्षेत्रलाई अघि बढाएकैले सम्भव भएको हो।’

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाललाई समृद्ध बनाउने क्षेत्र ऊर्जा नै भएको बताएका छन्। ‘भारतमा १० हजार मेगावाट र बंगलादेशले ५० मेगावाट विद्युत् लिने समझदारी ऐतिहासिक छ।’ अग्रवालले भने, ‘तर नेपालमा निजीक्षेत्रलाई काम गर्न निकै अप्ठ्यारोे छ।’ नेपालको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भए पनि यसबाट बाहिर आउने आधार पनि ऊर्जा नै रहेको उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जाक्षेत्रमा भारतीय निजीक्षेत्रको धेरै ठूलो लगानी आउने बताएका छन्। ढकालले नेपालको ऊर्जाक्षेत्रमा भारतीय निजीक्षेत्रको धेरै ठूलो लगानी आउनेमा आफू विश्वस्त रहेको बताएका हुन्।

‘अहिले नेपालको सबै ध्यान ऊर्जामा केन्द्रित गर्नुपर्छ, चारतिर हात हालेर हुँदैन। नेपाललाई समृद्ध बनाउने र अहिलेको अप्ठ्यारोबाट बाहिर निकाल्ने क्षेत्र ऊर्जा नै हो’, उनले भने। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई विद्युत् व्यापारका लगि तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

मन्त्री बस्नेतले अब विद्युत् व्यापारका लागि पनि निजीक्षेत्र तयारी अवस्थामा बस्न आग्रह गरेका हुन्। मन्त्री बस्नेतले प्रधानमन्त्रीको भारत भ्रमण एउटा ब्रेक थ्रु भएको भन्दै अहिले परिस्थिति धेरै परिवर्तन भइसकेको मन्त्री बस्नेतले बताए। ‘न भारत हिजोको ठाउँमा छ, न नेपाल हिजोको जस्तो छ,’ उनले भने। १० हजार मेगावाट ‘भन्ने कुरा न हुन्’ भनेको पनि सुनिएको भन्दै ऊर्जा मन्त्री बस्नेतले यो सम्भव भएको दाबी गरे।

‘सम्भव नभइ त निर्णय हुन पनि सम्भव थिएन। निर्णय हुनु नै यो सम्भव हुनु हो। कार्यान्वयनमा जान्छ। ढुक्क हुनुस्।’ उनले भने ‘सरकारले लक्ष्य निर्धारण गरेको छ। यो लक्ष्य हासिल गर्नकै लागि निर्धारण गरेको हो। तपाईंहरूका अप्ठ्यारा कुनै पनि बेला लिएर आउनुस्। हामी तदारुकताका साथ हल गर्ने छौं, ‘उनले भने, ‘मुलुकको समृद्धिको निम्ति आधार भनेकै ऊर्जा हो।’

उत्पादनको दृष्टिबाट हेर्दा पूर्वाधार अभाव जस्तो देखिए पनि निर्माणाधीन प्रसारण लाइन र सवस्टेशनहरू बनिसक्दा फेरि उत्पादनमै फर्किनुपर्ने अवस्था आउने पनि उनले बताए।

मन्त्री बस्नेतले ऊर्जा मन्त्रालयले ‘विकासको लागि ऊर्जा’ अभियान सुरु गर्न लागेको भन्दै खपत गर्ने क्षमता वृद्धिको अभियानमा शतप्रतिशत विद्युतीकरण, औद्योगिक खपत बढाउने, घरायसी प्रयोजनमा ग्यास विस्थापित गर्ने, सिँचाइ, यातायात लगायतका सबै क्षेत्रमा ऊर्जा खपत बढाउने अभियान पनि सुरु गर्न लागेको मन्त्री बस्नेतले बताए।

उत्पादनको दृष्टिबाट हेर्दा पूर्वाधार अभाव जस्तो देखिए पनि निर्माणाधीन प्रसारण लाइन र सवस्टेशनहरू बनिसक्दा फेरि उत्पादनमै फर्किनुपर्ने अवस्था आउने पनि उनले बताए।

‘ऊर्जा क्षेत्रको ब्रेक थ्रु’ को संघारमा पुगेका छौं। नेपाल सरकार, निजीक्षेत्र सबैको योगदानबाट आज यो ठाउँमा पुगेका छौं। सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार छ। बजेट निर्माण लगायतका काममा व्यस्त हुँदा विद्युत् विधेयक पहिला संसद्मा लैजान सकेनौं। अब केही दिनमै यो विधेयकले संसद्को कार्यक्षेत्रमा प्रवेश पाउने छ। अब निजी क्षेत्रले व्यापार गर्ने बेला आएको छ। तपाईहरू तयार हुनुस्। सरकार हातेमालो गरेरै अघि बढ्छ’, मन्त्री बस्नेतले भने।  

प्रकाशित: १ असार २०८० ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App