३ मंसिर २०८१ सोमबार
image/svg+xml

रौतहटमा बाढीपीडितका लागि आएको करोडौं रकम फ्रिज

गत साउनमा रौतहटमा आएको भीषण बाढीबाट पीडितलाई तत्काल राहत दिनका लागि आएको करोडौं रुपैयाँ फ्रिज हुने अवस्थामा पुग्न लागेको छ । बाढीबाट देशमै सबैभन्दा बढी जनधनको क्षति भएको रौतहटमा अति प्रभावितका लागि आएको करोडौं रुपैयाँ सम्बन्धित पीडितसम्म पुग्न नसकेर फ्रिज हुन लागेको देखिएको छ।

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

महोत्तरी जिल्लामा गत वर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहत स्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ।

घन्टौं उकालो हिँडेर निर्माण सामग्री ओसार्दै भूकम्पपीडित

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका–१, झार्लाङका पेम्बा तामाङ घर छाउन आवश्यक जस्तापाता बोकेर उकालो लाग्दै छन् । साघँरो र उकालो बाटोमा उनी हरेक दिन यसैगरी नाम्लोमा सामान ओसार्ने गर्छन् । ‘घर बनाउन आवश्यक सिमेन्ट, बालुवा र जस्तापाता बोकेको हप्तौं भयो, तामाङले सुनाए, ‘थाप्लोमा नाम्लो लगाएर दिनमा ७ घन्टा उकालो हिँडेर सामान ल्याउने गरेको छु ।’ आफूसँगै श्रीमती र छोरा पनि यसरी सामान ओसार्न दैनिक खटिने गरेको उनले बताए।

दोस्रो किस्ता नपाउँदा भूकम्पपीडित समस्यामा

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका भूकम्पपीडित भीमकुमार बुढाथोकीले आवास निर्माण बापतको पहिलो किस्ताले गत फागुनमै घरको डिपिसी ठड्याए । घरको डिपिसी सकेर बुढाथोकी परिवारले दोस्रो किस्ताका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बाटो हेरे।

सिन्धुलीका भूकम्प पीडितलाई ५ अर्ब ३२ करोड बढी रकम वितरण

भूकम्प प्रतिरोधी घर बनाउन नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुली जिल्लामा ५ अर्ब ३२ करोड बढी अनुदान वितरण भएको छ।

पीडित पतिका कहानी

सहरमा धेरै पुरुष महिलाबाट पीडित छन्। यो सत्य हो। भलै पुरुषहरू पारिवारिक, सामाजिक वा सँगीसाथीले थाहा पाउँछन् कि? आफू आलोचित हुनुपर्छ कि भनेर मन अमिलो बनाएर गुम्सिएर बसेका छन् । यस्ता पुरुषहरूलाई समाजले नामर्द भन्छ, कहीँकतै आफूलाई परेको समस्या वा पीडाबारे उजुरी गर्न गयो भने प्रहरी सेलमा उजुरी दर्ता हुँदैन । श्रीमती मिलाउन नसक्ने आफैँँ, उल्टै उजुरी गर्न आउने पनि आफैँँ ? प्रहरी सेलमा यसरी खिसीटिउरी गर्ने गरिन्छ।

लालपुर्जा नभएका भूकम्प पीडितसँग सम्झौता गर्न माग

जग्गाधनी प्रमाणपुर्जा(लालपुर्जा) नभएका भूकम्प पीडित परिवारको बसोवास गरेको अन्य प्रमाणको आधारमा अनुदान सम्झौता गर्न राष्ट्रिय भुमि अधिकार मञ्चले सरकारसँग माग गरेको छ। राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरले ४ बुँदे माग राखी मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई आइतबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

पीडित नै जुटे एकीकृत बस्ती निर्माणमा

भूकम्पले खण्डहर बनाएको चौतारा साँगाचोकगढी नगरपालिका– ठूलोसिरुबारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत बस्ती निर्माणमा जुटेका छन्। पुनर्निर्माणका लागि सरकारले दिने अनुदानलाई एकीकृत रुपमा परिचालन गर्दै उनीहरु ४७ घरधुरीको नमूना बस्ती निर्माणमा लागेका हुन्। ५० हजार रुपैयाँ दरले निकासा भएको अनुदानको पहिलो किस्ता एउटै कोषमा जम्मा गरेर गाउँलेले असोजदेखि बोजिनी एकीकृत नमूना बस्ती निर्माण थालेका हुन्।

न दोषीलाई कारबाही भयो न पीडितले क्षतिपूर्ति पायो

कञ्चनपुरको पुनर्वास–८, आनन्द बजार नजिक २०७३ फागुन २६ गते देशको सीमा रक्षाका लागि अवाज उठाउँदा नेपालकै भू–भागमा ३० वर्षीय गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोलीले मारिए । श्रीमान मारिएपछि बेसहारा बनेकी सुशीला गौतमलाई भारत सरकारले माफी मागेर क्षतिपूर्ति दिन्छ भनेर धेरै सान्त्वना दिए ।

सेनापीडित महिलाले पाउन सकेनन् अझै न्याय

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन्।

हात्तीले भत्काएकै घरमा डराएर बस्दै पीडित

एकहत्तर वर्ष लागेका मगरा दराई र श्रीमती बुधनी बेलुकीको खाना खाएर आराम गर्दै थिए। गहिरो निद्रा नपर्दै ‘सँसँ’ गरेको आवाज सुने। भुइँमा लगाएको बिछ्यौनाबाट उठ्न पनि पाएका थिएनन्, घर अगाडि पट्टिको भित्तामा जोडले हानेको आवाज आयो। त्यसपछि उनले गाउँमा हात्ती आएको चाल पाए।

स्थानीय स्तरबाट एकीकृत बस्ती ठड्याउँदै पीडित

भूकम्पले खण्डहर बनाएको बस्ती ठड्याउँदै ‘सहरोन्मुख’ गाउँमा बदल्न ठूलोसिरुवारी बोजिनीका पीडित स्थानीय स्तरबाट एकीकृत बस्ती निर्माणमा जुटेका छन्।

द्वन्द्वपीडितद्वारा क्षमायाचनासहित क्षतिपूर्ति

सशस्त्र द्वन्द्वपीडितहरूले भोगेको क्षतिका लागि राज्यबाट सार्वजनिक स्व्रीकारोक्ति र सार्वजनिक क्षमायाचनासहितको परिपूरण माग गरेका छन्। सरकारलाई पीडितहरूको इच्छाको परिपूरण समेटिएको वकालतपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।

आगलागी पीडितका लागि राहत लिएर पुगे मुख्यमन्त्री

गएको विहीबार आगलागीबाट १७ घर जलेर नष्ट भएपछि घरवासविहिन भएका पीडितका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन्।

अग्निपीडितलाई इजरायलका नेपालीको सहयोग

उदयपुरको नेपालटारका अग्निपीडितलाई इजरायलमा कार्यरत एक नेपाली चेलीले रहात सहयोग गरेकी छन्। गत चैत २४ गते स्थानिय नारायण तामाङको घरबाट सुरु भएको आगलागीले ध्वस्त पारेको उदयपुरगढी गाउँपालिका ६ नेपालटारका ८ घरधुरी अग्निपीडितलाई इजरायलमा कार्यरत माया घलेले राहत सहयोग गरेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्