३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बाढीपीडितलाई ६ करोड २६ लाख राहत वितरण

गौशाला - महोत्तरी जिल्लामा गत वर्ष साउनमा आएको भीषण बाढीबाट आफ्ना घरबार गुमाएका पीडितलाई सरकारले झण्डै एक वर्षपछि राहत स्वरुप रु ६ करोड २६ लाख वितरण गरेको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार सरकारले यसै महिनामा महोत्तरी जिल्लाका दुई हजार पाँच सय ४ घरपरिवारलाई जनही रु २५ हजारका दरले राहत उपलब्ध गराएको हो।सो रकममध्ये बाढीबाट क्षति भएका घरको मर्मतको लागि रु १५ हजार र न्यानो कपडाको लागि रु १० हजार गरी जम्मा २५ हजार प्रति परिवार वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए।

महोत्तरीका बाढीपीडितले झण्डै एक वर्षपछि राहत पाएका छन् भने उनीहरुले विगत एक वर्षमा रु २५ हजार भन्दा बढी ऋण, कर्जा गरिसकेकाले सरकारसँग पुनः थप राहतको माग गरेका छन्।महोत्तरीमा गत वर्ष साउनमा आएका भीषण बाढीले नौ जनाको मृत्यु हुनुका साथै हजाराैं घरबार विहीन भएका थिए । साथै जिल्लामा कराेडाैं मूल्यको क्षति भएको थियो।रासस

प्रकाशित: १९ जेष्ठ २०७५ ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App