११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुग्लिङ–पोखरा सडक विस्तार: तनहुँ खण्डमा भौतिक प्रगति न्यून

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ। पूर्वी खण्डअन्तर्गत मुग्लिनबाट जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।

पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

वर्षाका कारण आएको पहिराेले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ।

बेनी–जोमसोम सडक अवरुद्ध

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ। मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ।

अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा

गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ।

सडक स्तरोन्नतिका लागि रकम अभाव

सार्वजनिक खरिद नियमावलीको नियम ६, उपनियम १ मा भनिएको छ, ‘सार्वजनिक निकायले खरिदका लागि आवश्यक बजेट व्यवस्था नभइ खरिद कारबाही सुरु गर्नुहुँदैन।’ नियमावलीको उक्त नियमको पालना नै नगरी अस्फाल्ट ओभर लेको लागि सडक डिभिजन नेपालगन्जले टेण्डर आह्वान पनि गरिसकेको छ।

ठेकेदारको लापरवाहीले भैंसेपाटी सडक अलपत्र

नख्खु खोला-भैंसेपाटी सडक निर्माण थालेको ६ वर्ष बितिसक्दासमेत सडक निर्माण सकिए छैन।

सार्वजनिक यातायातलाई दशैंमा देशभर १३ दिन रुट पर्मिट खुला

असोज १० गतेदेखि असोज २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट नपर्ने भएको हो। तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहने जनाएको छ।

सुक्खा पहिरोले खुर्कोट घुर्मि सडक खण्ड अवरुद्ध

बिहान करिब ४ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सुध्रिएनन् राजमार्गका होटल, खाए खाऊ नत्र जाऊ भन्दै थर्काउँछन् उल्टै

केही दिनअघि काठमाडौँबाट धादिङ आउँदै गरेकी युनिशा अधिकारीले कान्तिपुर होटलमा दुई सय तिरेर एक प्लेट मःम मागिन, तर खान सकिनन्। खान मिल्ने नै थिएन। खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजा घरमा भेटिएकी अधिकारीले भनिन्, 'मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो। मुखमा हाल्नसक्ने नै थिएन। गुनासो गर्दा होटलवालाले उल्टै थर्काउँदो रहेछ।'

पहिरोले जामुने–खैरेनी सडक अवरुद्ध

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ।

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्।

बुटवल–पाल्पा सडक एकतर्फी रूपमा सुचारु

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको हिउँदे खोलामा माथिबाट लेदो सहितको पहिरो झर्नुका साथै सडक भासिएपछि दुई दिनदेखि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक डाइभर्सन गरी सडक खुलाएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुल्याे

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी खुलेको छ। भरतपुर–२९ स्थित १८ किलोमा खसेको पहिरो हटाईएपछि यस सडक खण्ड दुइतर्फी संचालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्