२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सार्वजनिक यातायातलाई दशैंमा देशभर १३ दिन रुट पर्मिट खुला

फाइल तस्बिर।

सार्वजनिक सवारीसाधनलाई दशैंमा देशभर १३ दिन रुट पर्मिट खुला हुने भएको छ। भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय गरेको हो।  

असोज १० गतेदेखि असोज २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट नपर्ने भएको हो। तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहने जनाएको छ।

यातायात व्यवसायीले कोभिड १९ को जोखिम यथावत रहेकाले दशैंमा यात्रुहरुलाई स्वास्थय मापदण्डपालना गरी मास्कको प्रयोग गराउनुपर्नेछ। दशैंका लागि असोज १ देखि सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला हुँदैछ।

प्रकाशित: २३ भाद्र २०७९ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App