११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नारायणघाट-मुग्लिङ सडक: पहिरो हटाउन अझै ५-६ घण्टा लाग्ने

पहिरोका कारण अवरुद्ध बनेको नारायणघाट-मुग्लिङ सडकखण्ड सञ्चालनमा ल्याउन केही समय लाग्ने भएको छ।

चार वर्षमा दुई सय १८ किमी सडक कालोपत्र

प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५÷७६ मा २६ दशमलव १८ किमी, २०७६/७७ मा ५२ दशमलव २१ किमी, २०७७/७८ मा ४० दशमलव ६१ किलोमिटर र आव २०७८/७९ मा ९८ दशमलव ७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको हो।

आठौँ पटक म्याद थपेको भक्तपुर-नगरकोट सडक दुई महिनाभित्र सक्न निर्देशन

'अन्तको काम छाडेर भए पनि यहाँ काम गर्नुस्, अबको दुई महिनाभित्र यो सडक निर्माण सम्पन्न भएर हस्तान्तरण हुनैपर्छ, नत्र नगरपालिका ठेक्का रद्द गर्न लाग्छ, यो वा त्यो बाहना अब हामी सुन्दैनौँ,' म्यानेजर अधिकारीलाई निर्देशन दिँदै नगरप्रमुख खत्रीले भने, 'सडकको सुरुको भाग, बीच भाग र नगरकोट बसपार्क तीन खण्डबाट एकैपटक काम अगाडि बढाउनुस्, ड्रेन खोल्नुस्, पुरिएको कलभर्ट बनाउनुस्, पर्खाल लगाउन बाँकी भएको ठाउँमा लगाउन सुरु गर्नुस्, पैसा छैन भनेर पन्छिन पाइँदैन।'

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।

निर्वाचन क्षेत्र रणनीतिक सडक घोषणामै सीमित

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २१ चैत २०७७ मा बालुवाटारमा एक औपचारिक कार्यक्रम गरेर १६५ वटै निर्वाचन क्षेत्रलाई दुई लेनको रणनीतिक सडकको शिलान्यास गरेका थिए।

सडक सञ्जालको विकासलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौंः मन्त्री यादव

पर्साको वीरगञ्ज महानगरपालिकाको हरपतगञ्जमा सडकको शिलान्यास गर्दै उनले सडक विकासको मुख्य आधारस्तम्भ भएको जिकिर गर्दै सडकको विकास भएपछि अरु कुराको स्वतः विकास हुने बताए।

पोखराका सडक बत्तीः सौर्य बत्तीको बेवास्ता, नयाँ विद्युतीय बत्ती जडानको तयारी

पटक-पटक गरेर पोखराका सडकमा करिब २ हजार सौर्य सडक बत्ती जडान गरिएको भएपनि ती सबैले नियमित मर्मतसम्भार पाएनन्। त्यसैले कतिपय बत्ती अहिले काम नलाग्ने अवस्थामा पुगेका छन्। कतिपयले केही समय उज्यालो दिएपनि केही थोरै समय मात्र बल्छन्। सडकमा सौर्य सडक बत्ती जडान गर्न यसअघि नै करिब ३० करोड रुपैयाँ खर्च भइसकेको छ।

कोरोला–त्रिवेणी सडक बनाउने ठेकेदारप्रति मुख्यमन्त्रीकै गुनासो

कोरोला–त्रिवेणी सडक गण्डकी प्रदेशकै लाइफलाइन रहेपनि ठेकेदारको लापरवाहीका कारण म्याग्दी र मुस्ताङ खण्डको काममा ढिलासुस्ती भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असन्तोष जनाएका छन्।

बन्दै-भत्किँदै रोल्पाली योजना

‘वालहरु बन्छन्, भत्किँन्छन् अनि फेरि बन्छन्। मर्मत भइहाल्छ नि।’ उनले भत्किँएको वाल नयाँ नभइ पुरानो वाल रहेको भन्दै झुट समेत बोले। ‘नयाँ वाल भत्किएको हैन। पुरानो थियो त्यही भत्केको हो। अब तुरुन्तै त्यसको मर्मत हुन्छ।’

खर्च र सडक कालोपत्रे दुवैमा कमजोर

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा सडक कालोपत्रे विगत चार वर्ष यताकै न्यून गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्