१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कर्णाली–रारा पर्यटन वर्ष : लोगो र नारा सार्वजनिक

मुगुको रारातालबाट वैशाख १ गते उदघाटन हुने ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को लोगो र नारा प्रदेश सरकारले सार्वजनिक गरेको छ। शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन वर्षको लोगो र नारा सार्वजनिक गरेका हुन्।

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

रारा कर्णाली पर्यटन वर्ष २०७५ को पूर्व तयारीका लागि कर्णाली प्रदेशका मन्त्री जिल्ला दौडाहमा केन्द्रित छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह ऐडी र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको टिम कर्णाली प्रदेशका जिल्ला दौडाहामा लागेका हुन।

ट्रिपरको ठक्करबाट मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा ट्रिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको क्रममा मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले शुक्रबार शिष्टाचार भेट गरे।

‘कर्णालीको माटोमा हिरा छ, कालिगड चाहियो’

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश पर्यटन समृद्धिको प्रदेश हुने बताए । विकासका पूर्वाधार मध्येकै पर्यटनले प्रदेशकै मुहार फर्ने मन्त्री भण्डारीले बताए।

असिनाले करोडौँको क्षति

शुक्रबार विहान परेको असिनाले रौतहटमा करोडौँको क्षति पुर्‍याएको छ। शुक्रबार विहान सवा आठ बजेदेखि हावाहुरीसंगै परेको असिनाले रौतहटका दर्जन गाउँमा निकै ठूलो क्षति र अन्य भागमा सामान्य क्षति पुर्‍याएको छ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

‘शत्रु गते’लाई ५ करोड

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ ले एक सातामा ५ करोड ६२ लाखको ग्रस कलेक्सन गरेको छ। फिल्मको उपत्यका वितरक बिके फिल्मस् र मोफसल वितरक एफडी कम्पनीले राजधानीमा बिहीबार पत्रकार माझ कलेक्सन सार्वजनिक गरेका हुन्।

तत्काल २५ करोड लगानी थप

नेपाली बजारमा तीन किसिमका बियर उत्पादन गरिरहेको टाइगर्स ब्रुअरी इन्डस्ट्रिजले क्षमता बढाउन २५ करोड रुपैयाँ लगानी थपेको छ।

राजपाका सांसदलाई अभिमुखीकरण तालिम

एनडिआइ (नेसनल डेमोक्रेटिक इष्टिच्युट) र युएसआइडीले संयुक्तरूपमा  राजपाका प्रतिनिधि र राष्ट्रियसभाका सांसदलाई संसदीय प्रक्रियासम्बन्धि दुईदिने अभिमुखीकरण तालिम दिएका छन्।

करको दर वृद्धिको विरोध समाधान गर्न कार्यदल

भरतपुर महानगरपालिकाले करको दर वृद्धिसम्बन्धि उत्पन्न विवाद समाधानका लागि कार्यदल गठन गरेको छ । महानगरपालिकाले करको दर बढाएपछि जिल्लाका व्यवसायीले विरोध गरेकाले उक्त कार्यदल गठन गरिएको हो।

प्रधानमन्त्री कार्यालयमा कर्मचारी थपियो

सरकारले मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी बढाएको छ। यस्तै प्रधानमन्त्री कार्यालयमा महाशाखा पनि थपिएका छन्। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा कर्मचारी दरबन्दी संख्या २ सय ३२ पु-याइएको छ। यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ दरबन्दी थियो। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी सचिवालयमा कर्मचारी संख्या कटौती गरेका थिए।

सफा हावा एपको सार्वजनकीकरण

अमेरिक राजदुत अलाइना बी टेपलिज र वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दुवाडीले विहीवार राजधानीमा आयोजित कार्यक्रममा सफा हावा एप सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्