७ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

ट्रिपरको ठक्करबाट मृत्यु

लहान – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा ट्रिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको क्रममा मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।

पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको टिपरले स ६ प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३० वर्षीय सञ्जय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते यादवको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ। सोही दुर्घटनामा परी गम्भीर घाइते अमितको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।  (रासस)

प्रकाशित: १७ चैत्र २०७४ ०४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App