१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने

काठमाडौँ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले शुक्रबार शिष्टाचार भेट गरे। 

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिजले नेपालको लोकतन्त्र सुदृढीकरण र संघीयता कार्यान्वयनमा अमेरिकाले सहयोग गर्ने बताइन्। 

भेटमा मन्त्री बस्नेतले विभिन्न तीन चरणका निर्वाचन सम्पन्न भएसँगै नेपाल लामो राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब सरकार र सिंगो मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको उल्लेख गरे। 

मन्त्री बस्नेतले सरकारले अख्तियार गरेको समग्र समृद्धिको योजना कार्यान्वयनका लागि आफ्नो मन्त्रालयले वन तथा वातावरणका क्षेत्रबाट गर्ने कामको प्राथमिकता निर्धारण गरी योजना बनाइरहेको बताए। 

मन्त्री बस्नेतले नेपाल र अमेरिकाबीच ७० वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा थप प्रगाढ सम्बन्ध निर्माण गर्न सरकार तयार रहेको बताए। 

भेटमा राजदूत टेप्लिजले नेपालमा ‘सफा हावा’ कार्यक्रमअन्तर्गत वातावरण मन्त्रालयसँगको सहकार्यमा कम्प्युटर सफ्टवेयर उपलब्ध गराउन लागेको जानकारी दिए। उनले नेपालको वन तथा वातावरण संरक्षणको क्षेत्रलाई ट्रम्प प्रशासनले प्राथमिकतामा राखेको उल्लेख गरे। 

प्रकाशित: १६ चैत्र २०७४ १६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App