सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको निगरानी गर्ने
सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको कडा निगरानी गर्ने भएको छ।
सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयन भए/नभएको कडा निगरानी गर्ने भएको छ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पुर्णचन्द्र जोशीलाई जुम्लाबासीले गुनासा पोखेका छन्। उनीहरुले आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रका हिसावमा देखिएका बिसंगतीका बिषयमा गुनासा राखेका हुन्।
कर्णाली प्रदेश बर्खास्त मन्त्री खड्क बहादुर खत्री अदालतमा हाजिर भएका छन्। बैंकिङ कसूरसम्बन्धी मुद्दामा बयान दिन हालै मन्त्री पदबाट बर्खास्तीमा परेका खत्री उच्च अदालत पाटनमा हाजिर भएका हुन्।
आधुनिक आर्थिक कारोबारमा सबैभन्दा सुरक्षित विधि बैंकिङ प्रणाली मानिन्छ। त्यही भएर पुराना साहुकारका ठाउँ बैंकले लिएका छन्। बैंकले निक्षेपलाई सुरक्षित राखिदिने मात्र होइन, अचेल यी जीवनको अभिन्न अंग बनेका छन्। तिनले आवश्यकताअनुसार दैनिक कारोबारमा व्यक्तिलाई सहयोग पु¥याउँछन्। आफ्नो सम्पत्तिसमेत बैंकमै राख्न सकिने व्यवस्था छ।
बितेका केही हप्ता दुई प्रसंग निकै चर्चामा रहे। पहिलो हो– युवा सञ्चारकर्मी रवि लामिछानेका पूर्वसहयोगीको मृत्यु र उनको गिरफ्तारी। दोस्रो हो– उपचार गराउन कार्यबाहक प्रधानमन्त्री पद उपप्रधानमन्त्रीलाई जिम्मा दिएर सिंगापुर पुगेका प्रधानमन्त्रीले ‘भिडियो कन्फ्रेन्स’ गर्दै शासकीय केन्द्र सिंहदरबारको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन।
आयोजना निर्माणको टुंगो नलाग्दै अघिल्लो वर्ष माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी गान्धी मल्लिकार्जुन राव (जिएमआर)ले प्रभावित क्षेत्रमा पर्ने रुख काट्ने प्रक्रिया अघि बढायो। मन्त्रिपरिषद्को निर्णयअनुसार २०७६ साउनभित्र ड्यामसाइट र डुवान क्षेत्रमा पर्ने २६ हजार ६ सय ३३ रुख काटिसक्नुपर्ने थियो।
भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानले कश्मीरबारे भ्रम फैलाएको टिप्पणी गरेका छन्। युरोप भ्रमणका क्रममा ब्रसेल्समा सञ्चारकर्मीसँग कुरा गर्दै जयशंकरले कश्मीर नितान्त भारतको आन्तरिक मामिला भएको र पछिल्लो समय चालिएको कदम आतंकवाद नियन्त्रण र त्यहाँको आर्थिक विकासका लागि भएको दाबी गरे। उनले आतंकवादलाई प्रश्रय दिने गतिविधि नत्यागेसम्म पाकिस्तानसँग वार्ता नहुने पनि स्पष्ट पारे।
एटीएमबाट पैसा चोरेका चिनियाँ नागरिकमाथि बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा चोर्ने पाँच जना चिनियाँ नागरिक र चिनियाँ मूलकै फ्रेन्च नागरिकलाई विमान स्थलबाट पक्राउ गरेर बैंकिङ कसूर मुद्दामा अनुसन्धान थालेको हो।
कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकाबाडामा भे १ ज ७९६ नं को बसले ठक्कर दिँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
कलंकीमा प्रहरीको भ्यानले ठक्कर दिँदा दुई जना पैदाल यात्री गम्भी घाइते भएका छन्।
२२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ। आयोजनाको अनुसार हालसम्म प्रसारण लाइनमा पर्ने तीन सय २१ टावरमध्ये दुई सय ६० वटा टावरको फाउन्डेसन (जग) को काम सम्पन्न भएको आयोजनाले जनाएको छ। कोसी करिडोरमा एक सय ४० वटा टावर इरेक्सन (खडा) गरिएको छ।
भदचश्रठगीको आरोपमा पक्राउ परेका श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्ने भएको छ।
समायोजन गर्ने उद्देश्यले गठन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा विघटन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा पनि करिब एक हजार कर्मचारी अझै सरकारले समायोजन गरेर पठाएको ठाउँमा गएका छैनन्।
नियन्त्रणमा लिइएको सो ट्रकको ढाला खोलेर हेर्दा गाईबाच्छा बोकिएको थियो, जसमध्ये धेरै गाईबाछो मरिसकेका थिए। एसपी चतुर्वेदीका अनुसार बाँचेका गाईहरू पनि हिकहिक गर्दै मुख बाइरहेका थिए।
ह्याकरहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएको बोगटीले बताए।