१३ आश्विन २०८१ आइतबार
image/svg+xml

मोदीको टेलिफोन प्रतिबद्धता अधुरै

भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो हुन गएको छ । चार वर्षअघि नेपाल भ्रमणको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा हुने कललाई आधा घटाउने प्रतिबद्धता जनाए पनि त्यहाँका अपरेटरले ग्राहकबाट लिने नाफा अझै घटाएका छैनन् ।

पुनर्निर्माणमा भारतीय प्रतिबद्धता अलपत्र

भूकम्प पछि विभिन्न सम्पदाको पुनः निर्माणमा प्रतिवद्धता जनाएको भारतले तीन वर्ष भइसक्दा पनि सम्पदा निर्माण सुरु गरेको छैन।

बेथितिविरुद्ध निरन्तर कलम चलाउने प्रतिबद्धता

नेपाल रिपब्लिक मिडियाले मंगलबार आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ । यस उपलक्ष्यमा आयोजित कार्यक्रममा मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले सामूहिक प्रयासमा मात्र सञ्चारकर्म सफलतामा पुग्ने बताए।

पुनर्निर्माणको अधुरो प्रतिबद्धता

महाभूकम्प २०७२ वैशाख १२ पछिको भूकम्पपछि सहयोगका निम्ति आश्वासन दिएका अन्तर्राष्ट्रिय सहयोगी मुलुक र देशको प्रतिबद्धताविपरीत आफ्नै रुचिका क्षेत्रमा खर्च गरेको पाइएको छ। पुनर्निर्माण कार्यक्रमका लागि रकम जुटाउन सरकारले भूकम्पको दुई महिनापछि असार १० गते आयोजना गरेको पुनर्निर्माणका सम्मेलनका क्रममा उनीहरूले सहयोग घोषणा गरे पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेन।

प्रतिबद्धता पुनर्निर्माणमा, खर्च अन्यत्रै

नर्वे सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि घोषणा गरको डेढ अर्बभन्दा बढी रकम आफ्नो स्वार्थ मिल्ने गैरसरकारी संस्थामार्फत खर्च गरेको छ। नर्वेले विपतको बेला ठूलै सहयोग घोषणा गरेर सहानुभूति देखाए पनि त्यो आफ्नै स्वार्थपूर्तिमा प्रयोग गरेको छ।

ओलम्पिकमा खेलाडी पठाउने प्रतिबद्धता

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले टोकियो र बेइजिङ ओलम्पिकमा खेलाडी पठाउने प्रतिबद्धता व्यक्त गरेको जनाएका छन्।

बालमैत्री नगर बनाउन १६ बुँदे प्रतिबद्धता

छेडागाड नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउन जनप्रतिनिधिले १६ बुँदे सार्वजनिक प्रतिबद्धता जाहेर गरेका छन्।

‘गृहमन्त्री’को १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जनताका गुनासा सीधा सुन्ने र जनताले गुनासा सुनाउन सीधा सम्पर्क गर्नसक्ने व्यवस्था मिलाएर जनमन शान्ति अभियान थालनी गर्ने घोषणा गरेका छन्।

१५ दिनको प्रतिबद्धता तीन महिनामा पनि पूरा भएन

उपत्यकाको ट्राफिक व्यवस्थित गर्ने भन्दै सुरु भएको ट्राफिक बत्ती जडान कार्य सरकारी निकायकै कारण ढिलो र अपुरो बनिरहेको छ । राजधानीका नारायणगोपाल चोक र नयाँबानेश्वर चोकमा १५ दिनभित्र पूरा गर्ने भनेर जडान कार्य सुरु गरे पनि तीन महिनासम्म पूरा हुन नसकेको हो।

मुख्यमन्त्रीका ११ प्रतिबद्धता

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन स्थापना र जनतालाई प्रशासनिक कार्यमा सहज अनुभूति दिलाउन ११बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । फागुन ३ गते शपथग्रहण गरी पदभार सम्हालेका राउत मुख्यमन्त्रीको कुर्सीमा बसेको आइतबार ठीक ११ दिन पुगेको छ।

चालू आवमा पौने २ खर्बको प्रतिबद्धता

चालू आर्थिक वर्षमा सरकारलाई १ खर्ब ७४ अर्ब ३८ करोड रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । प्राप्त प्रतिबद्धताअनुसार अनुदान सहायता ९६ अर्ब ५६ करोड र ऋण सहायता ७७ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । चालू आवको पहिलो करिब साढे सात महिनामा यो अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त भएको हो ।

संशोधनमा प्रतिबद्धता खोज्दै मधेसी दल

प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको मधेस गठबन्धन सरकारलाई वाम गठबन्धन (एमाले–माओवादी) ले समर्थनको मत दिएसँगै राजनीतिक सरगर्मी बढेको छ । केन्द्रमा वाम गठबन्धनको सरकारमा मधेसकेन्द्रित दललाई पनि सामेल गराउन कसरत भइरहेका बेला प्रदेश २ मा एमाले र माओवादीले सरकारका पक्षमा मत दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिबद्धता पूरा गर्न मतदाताको आग्रह

वामगठबन्धनका अगुवा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन् । प्रतिनिधिसभा निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका ओलीसामु थुप्रै चुनौती छन् । स्थानीयले पनि उनीबाट ठूलै आशा गरेका छन् । ओलीले प्रतिनिधिसभा चुनावमा कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार बढी मतान्तरले हराएका थिए ।  दमक बहुमुखी क्याम्पसका प्रमुख उत्तम भट्टरार्ई ओलीले अब छवि सुधार्नुपर्ने आवश्यकता ठान्छन् ।

इमानदार बन्ने प्रतिबद्धता

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिनिधिमण्डलसँग पछिल्ला दुई दिन भएका सहमति इमानदारीसाथ कार्यान्वयन गर्ने नेपाली क्रिकेटका सरोकारवालाहरूले मंगलबार संयुक्त पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएका छन् ।

वाम गठवन्धनका प्रतिबद्धता पुरा गर्छौं : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्