१३ आश्विन २०८१ आइतबार
image/svg+xml

वैदेशिक लगानीको प्रतिबद्धता ७२ प्रतिशतले बढ्यो

मुलुकमा तीन तहको निर्वाचनपछि राजनीतिक स्थायित्व हुने संकेतसँगै प्रत्यक्ष विदेशी लगानीको प्रतिबद्धतामा उलेख्य वृद्धि भएको छ । सरकारी तथ्यांक अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानीको प्रतिबद्धता ७२ प्रतिशतले बढेको छ ।

कोरिया–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया–नेपाल सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याउन आफू प्रतिबद्ध रहेको बताएका छन्।

थापाका पाँच प्रतिबद्धता

मंसिर २१ को मनदान सकिएसँगै पहिलोचरणको मतदानको गणना सुरु भयो । जब मतगणनाका परिणाम सार्वजिन हुनथाले देशभर वाम लहर थियो । काठमाडौंको धेरैले चासोको रूपमा हेरेको क्षेत्र नं ४ मा पनि वामगठबन्धनका उम्मेदवार राजन भट्टराईले अग्रता लिइरहँदा कांग्रेस कार्यकर्ता मात्रै होइन देशभरका शुभेच्छुकको मुटुको ढुकढुकी बढिरहेको थियो । तर जति शुभेच्छुक र कार्यकर्तामा बेचैनी थियो, तर गगनमा त्यसको खासै डर थिएन । मंसिर २२ गते साँझसम्मै क्षेत्र नं ४ मा अग्रता चलिरहँदा पनि थापा भने चुनाव जित्नेमा ढुक्क थिए । ‘मैले घरदैलोको क्रममा पाएको मेरा मतदाताको प्रतिक्रियाले नै मलाई जित्छु भन्ने थियो,’ थापाले भने, ‘निर्वाचनकै दिनमा पनि बुथमा आफैँ घुम्दा र प्रतिनिधिहरूका प्रतिक्रियाबाट म ढुक्कै थिएँ ।’

प्रतिबद्धता पूरा नभएपछि रानाथारू समुदाय निरास

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार बन्नुभएका विनाराम रानाथारूलाई चुनावी चटारोले छोएको छैन ।

यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

उपत्यकाका निर्वाचन क्षेत्रमध्ये धेरै चर्चा पाएको क्षेत्रमध्ये पर्छ काठमाडौं निर्वाचन क्षेत्र–४ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका राजन भट्टराई उम्मेदवार छन् । विकेवशील साझा पार्टीले भने सुबुना बस्नेतलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिका वडा– १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिका वडा– १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् ।

तनहुँबासीलाई १० प्रतिशत शेयर दिलाउने नेता पौडेल प्रतिबद्धता

नेपाली काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने वचन दिएका छन्।

संघीय फोरमको घोषणापत्र : जातीय राज्य बनाउने प्रतिबद्धता

संघीय समाजवादी फोरम नेपालले अहिलेको सात प्रदेशको संघीय संरचना खारेज गरी पहिचानको आधारमा ११ जातीय प्रदेश बनाउने प्रतिबद्धता गरेको छ । फोरमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ११ जातीय राज्यको नामकरण पनि गरिएको छ ।

काठमाडौं क्षेत्र नम्बर–२, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा उपत्यकामा चुनावी चहलपहल बढेको छ । विभिन्न क्षेत्रमा उम्मेदवारहरू आ–आफ्ना योजना लिएर मतदातासमक्ष जान थालेका छन् ।

घोषणापत्रमा परराष्ट्र नीति : वैदेशिक हस्तक्षेप रोक्ने प्रतिबद्धता

नयाँ संविधान जारी भएपछि पहिलोपटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलले आआफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

च्यासल मैदानलाई सहयोग गर्ने प्रतिबद्धता

नेपाल भ्रमणमा आएका एसियाली फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमानले सहिद स्मारक लिग फुटबल र च्यासल फुटबल मैदानलाई तयारी गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बर्दियाको विकासका लागि साझा प्रतिबद्धता

बर्दियाबाट प्रतिनिधित्व गर्ने मन्त्री, सांसद तथा विभिन्न क्षेत्रका व्यक्तिले जिल्लाको विकास तथा समृद्धिका लागि साझा प्रतिबद्धता जनाएका छन् ।

प्रतिबद्धताविपरीतको शिक्षा ऐन

यो विधेयक पारित भएसँगै विद्यार्थीको भविष्यमात्र अन्धकार भएको छैन, शिक्षासेवामा भविष्य देखेका योग्य जनशक्तिसमेत पलायन हुने अवस्था उत्पन्न भएको छ ।

खड्का र शर्मालाई कारवाही गर्ने सरकारको प्रतिबद्धता

सरकारका बरिष्ठ मन्त्रीहरुले भ्रष्टाचारमा मुछिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का तथा साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मामाथि कारवाही हुने बताएका छन्।

'पर्यटन संस्थाबीच सामूहिक प्रतिबद्धता आवश्यक '

पर्यटन सरोकारवाला संस्थाबीच सामूहिक प्रतिबद्धता भए मात्रै नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ बाटो तय हुने सरोकारवालाहरूले बताएका छन् । पर्यटन सम्बध संस्थाबीच टाढाभन्दा पनि साझा मुद्दामा ऐक्यवद्धता सहितको प्रतिबद्धता हुनु पर्ने उनीहरूको भनाइ छ ।

एमालेले प्रतिबद्धता उल्लङ्घन गर्‍यो : विमलेन्द्र निधी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले एमाले मधेस विरोधी भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस धनुषाको मिडिया सेन्टरले सोमबार आयोजना गरेको पत्रकार सम्मलेलनमा बोल्दै उनले मधेसी जनता तर नेपाली काँग्रेस संघीयता चाहने तथा एमालेले देशमा संघीयता नचाहेको र मधेस विरोधी भएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्