३२ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपति पौडेलले दिए सोनाम ल्होसारको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको शुभकामना दिएका छन् ।

सभामुखद्वारा सोनाम ल्होसारको शुभकामना

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन्।

सोनाम ल्होसारको अवसरमा मिस तामाङको तयारी

तामाङ समुदायको सोनाम ल्होसार नजिकिदैं गएको छ। ल्होसार नजिकिदै गएपछि वर्षेनी आयोजना गरिने मिस तामाङको तयारी पनि शुरु गरिएको छ। बैदाम तामाङ समाजले सोनाम ल्होसारको अवसरमा मिस तामाङ आयोजना गर्दै आएको छ।

आज सोनाम ल्होसार पर्व मनाइँदै

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ। यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

ल्होसारले सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्छः सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश नेपालमा मनाइने चाडपर्वले नेपालीबीचको आपसी सहिष्णुता, भ्रातृत्व र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको बढोत्तरी गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सङ्घर्षपछि प्राप्त संविधानको रक्षा र पालन गर्नु सबैको कर्तव्य होः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको शासन व्यवस्थालाई संस्थागत गरेको संविधानको पालन र रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन्।

आज सोनाम ल्होसारः मुसा वर्ष पूरा गरी गाई वर्षमा प्रवेश

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७औँ वर्ष शुरु हुन्छ। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प

सोनाम ल्होसारका कारण रसुवागढी नाकाबाट आयात निर्यात ठप्प भएको छ । बुधबारसम्म दैनिक पाँचवटा चिनियाँ गाडीले सामग्री ल्याउँदै आएकोमा बिहीबारबाट सामग्री आउन छाडेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्