१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सडकका ठेकेदारलाई जिम्मा

ललितपुरको बुङमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा खेलाँची गरिएको पाइएको छ। उपत्यकाको पुरानो र परिचित ऐतिहासिक जात्रा बोकेको मन्दिर बनाउन सडकका ठेकेदारलाई जिम्मा दिइएको छ।

पावर हाउस निर्माण कार्य सुरु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस निर्माणको काम सुरु भएको छ।

पप्पुका कारण रोकियो हुलाकी राजमार्ग निर्माण,सिक्टामा धरौटी जफत

पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको निर्माण कार्य ठप्प भएको छ । नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ ।

चालू आर्थिक वर्षभित्र निजी आवासको पुनर्निर्माण सकिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू अर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘दाता लगानीका ठेक्कामा भाग लिन दिइएन’

नेपाल निर्माण व्यवसायी महासंघले एसियाली विकास बैंक (एडिबी) लगायत दातृ निकायको लगानीमा सञ्चालन हुने ठूला परियोजनाको ठेक्कामा स्वदेशी निर्माण व्यवसायीलाई सहभागी हुनबाट वञ्चित गराएकोमा आपत्ति जनाएको छ।

प्राधिकरण र स्थानीय तहबीच सहमति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासको पुनर्निर्माण चाँडो सक्ने उद्देश्यले काभ्रेका १३ वटै स्थानीय तहसँग समझदारी (एमओयु) गरेको छ। गाउँ–नगरपालिकाका प्रमुखहरुले अधिकार नपाएकै कारण पुनर्निर्माणमा ढिलाई भएको गुनासो गर्दै आएका थिए।

काम नपाएर ग्यारेजमा थन्किए ठूला उपकरण

दुईतिहाइको सरकार बनेपछि मुलुकमा विकास–निर्माणले गति लिन्छ भन्ने विश्वास व्यवसायीमा थियो। त्यसैले वर्तमान सरकार गठनसँगै निर्माण व्यवसायी उत्साहित बने। माग धेरै हुने आसामा उनीहरूले धमाधम ठूला उपकरण किने। तर, परिस्थिति उल्टो बन्यो। स्थानीय र प्रदेश सरकार बने पनि उनीहरुले काम गर्न सकेनन्। अहिले काम नपाएर हजारौं उपकरण बेकामे छन्।

साप्सु खोलामा मोटरेबल पुल निर्माण हुने

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सुखोलास्थित मोटरेबल पुल निर्माणका लागि प्रदेशबाट १ करोडभन्दा बढि बजेट बिनियोजन भएको छ।

तीन लाखमै घर बनाइदिने घोषणा

राजधानीको भृकुटीमण्डपस्थितमा जारी ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’ अन्तिम दिनसम्म आइपुग्दा कम्पनीहरुले विभिन्न अफर घोषणा गरेका छन्।

विस्थापित शिविरमा एकीकृत बस्ती

चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्ले डाँडा स्थित विस्थापित शिविरमा आश्रित भूकम्प पीडित एकीकृत बस्तीमा पुनर्स्थापित हुने भएका छन्।

सर्वसाधारणको चासो गुणस्तरीय निर्माणमा

निर्माण सामग्री प्रदर्शनीको दोस्रो दिन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सर्वसाधारणको भिडभाड देखिएको छ। धेरै अवलोकनकर्ता निर्माण सामग्रीबारेमा जानकारी लिन उत्सुक थिए।

भवन तथा निर्माणसम्बन्धी प्रदर्शनी सुरु

भृकुटीमण्डपमा ‘भवन तथा निर्माण प्रदर्शनी २०७५’ सुरु भएको छ। सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार प्रदर्शनीको उद्घाटन गरेका छन्।

नेपालमा हेभी इक्युपमेन्टका लागि राम्राे बजार

नेपालमा पूर्वाधार निर्माणको क्रियाकलाप बढ्दै जाँदा ठूला निर्माण सामग्री (हेभी इक्युपमेन्ट)को बजार पनि फराकिलो बन्दै गएको छ। ठूला पूर्वाधार निर्माणमा हेभी इक्युपमेन्टको प्रयोग अपरिहार्य हुने भएकोले पनि यसको माग बढ्दै गएको हो। यसैलाई मध्यनजर गर्दै हेभी इक्युपमेन्ट उत्पादन गर्ने विभिन्न मुलुकका उत्पादकहरु नेपालमा केन्द्रित भएका छन्।

बजेटबिनै अर्बौंका योजना हस्तान्तरण

आर्थिक वर्ष २०७३/०७४ मा बेनी–दरवाङ सडकको सम्झौता भयो। ३० महिनामा सक्ने गरी यो सडकको लागत ४३ करोड ५३ लाख ७८ हजार रुपैयाँ छ। समानान्तर जेभीले ठेक्का लिई तीन करोड ६३ लाख रुपैयाँ भुक्तानी समेत लिइसक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्