तामाकोसीमा पुल निर्माण ९ वर्षदेखि अलपत्र
कन्सल्टेन्टको गलत डिजाइनका कारणले यहाँको भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण नौ वर्षदेखि अलपत्र परेको छ। नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरी भोर्लेस्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको डिजाइनमा ४० टन तौल अपुग भएपछि पुल निर्माण अलपत्र परेको हो।